दलित महिला संघ बाँकेको सामाजिक परीक्षण सम्पन्न

असल शासन प्रतिनिधि

बाँके/ दलित महिला संघ बाँकेको संस्थाको सामाजिक परीक्षण सम्पन्न भएको छ ।

संस्थाले डुडुवा गाउँपालिकाका बिभिन्न वडाहरुमा सञ्चालन गरेको गिफ्ट परियोजनाको सामाजिक परीक्षण सम्पन्न गरेकोे हो ।

सामाजिक परीक्षण अन्र्तगत प्रारम्भिक प्रतिबेदन प्रस्तुतिकरण कार्यक्रम २०८१ मंसिर १७ गते डुडुवा गाउँपालिकाको सभाहलमा सम्पन्न भएको थियो ।

संस्थाकी अध्यक्ष निर्मला सुनारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाकी कार्यक्रम संयोजक दिलिशा गौतमले स्वागत गरेकि थिईन् ।

कार्यक्रममा सामाजिक परीक्षक नमस्कार शाहले सामाजिक परीक्षणको प्रतिबेदन प्रश्तुत गरेका थिए । प्रश्तुत प्रतिबेदनमा सहभागिहरुले छलफल गरेका थिए । सहभागिहरुले परियोजना प्रभावकारी रहेको, परियोजनालाई बिस्तार गर्नुपर्ने सुझाव दिएका थिए ।

कार्यक्रममा गाउँपालिकाकी उपाअध्यक्ष शाहिदो बानो, प्रमुख प्रशासकिय अधिकृत अशोक पाण्डे लगायतको उपस्थिती थियो । कार्यक्रममा बोल्ने बक्ताहरुले परियोजना प्रभावकारी रहेको बताउँदै परियोजनाको निरन्तरताको अपेक्षा राखेका थिए ।

  • ३ पुष २०८१, बुधबार प्रकाशित

  • Nabintech