ट्राफिक नियम सम्बन्धी सचेतनामा युवा स्वयम् सेवक

असल शासन प्रतिनिधि

नेपालगन्ज । सडक ब्यवस्थापनका लागि नेपालगन्जमा ट्राफिक नियम सम्बन्धी सचेतना मुलक कार्यक्रम गरिएको छ ।
बास नेपालको आयोजना तथा ट्राफिक प्रहरी कार्यालय नेपालगन्जको सहकार्यमा बास आबद्ध युवा स्वयम् सेवकहरुले सचेतना मुलक कार्यक्रम गरेका हुन् ।


अभियानको क्रममा ट्राफिक नियमको पालना नगर्ने सवारी धनीलाई नियमको बारेमा जानकारी गराउने, जेब्रा क्रसिंग र सडक पेटीबाट मात्रै आहोर दोहोर गर्न पैदल यात्रुहरुलाई सचेतना गराउने, सडक पेटी अतिक्रमण भएको स्थान खाली गर्न ब्यवसायिहरुलाई जानकारी गराएका थिए ।


नेपालगन्जको गणेशमान चौकबाट शुरु भएको कार्यक्रमको उद्घाटनमा बोल्दै ट्राफिक प्रहरी कार्यालय नेपालगन्जका प्रमुख प्रबिण आचार्यले ट्राफिक ब्यवस्थापन हरेक नागरिकको दायित्व भएको बताए । उनले बास नेपालले ट्राफिक सचेतनाकालागि गरेको सहकार्यले ट्राफिक ब्यवस्थापनमा सहयोग पुग्ने विश्वास ब्यक्त गरे । यसैगरी कार्यक्रममा बोल्दै बासका कार्यकारी निर्देशक नमस्कार शाहले ट्राफिक नियमको पालना गर्न सचेतना प्रदान गर्ने उद्धेश्यले युवा स्वयम् सेवक समुह परिचालन गरिएको बताए । उनले ट्राफिक प्रहरीसँगै युवाहरुले सडकमा ट्राफिक ब्यवस्थापनका लागि कार्य गर्ने बताए । युवाहरुले आज गणेशमान चौकमा १ घण्टा ट्राफिक ब्यवस्थापनमा कार्य गरेका थिए भने गणेशमान चौक देखि बिपि चौक सम्म दोहोर सडकमा टाफिक नियमका बारेमा जानकारी सहित सचेतना अभियान सञ्चालन गरेका थिए । सो क्रममा बास स्वयम् सेवक समुहका एक दर्जन बढी युवाहरुको सहभागिता रहेको थियो ।

  • २४ पुष २०८१, बुधबार प्रकाशित

  • Nabintech