काठमाडौं/ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बिपक्षमा बहस गर्ने वरिष्ठ अधिवक्ता कुटिएका छन् ।
सहकारी पीडितको पक्षवाट पोखरा र काठमाडौं दुवै अदालतमा बहस गरेका बरिष्ठ अधिवक्ता त्रिपाठी कुटिएका हुन् ।
रबि लामिछानेको थुनछेक बहस सकिएर आदेश पर्खिरहेको बेला बाहिर निस्किएका त्रिपाठीमाथि काठमाडौं जिल्ला अदालत परिसर भित्रै कुटपीट भएको प्रत्यक्षदर्शीले बताएका छन् ।
अहिले स्थितिलाइ प्रहरीले नियन्त्रणमा लिएको छ भने त्रिपाठीलाइ प्रदर्शनकारीवाट सुरक्षित स्थानमा राखिएको छ।
स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित सभापति रवि लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ ।
थुनछेक बहसपछि काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधव अधिकारीको इजलासले सो आदेश दिएको हो । योसँगै लामिछानेले अब हिरासत बाहिर बसेर नै मुद्दाको पुर्पक्ष गर्न पाउने भएका छन् ।