बास नेपाल दैलेख शाखाको ७ औँ जिल्ला अधिवेशन सम्पन्न

अधिबेशनबाट कृष्णप्रशाद अधिकारी शाखाको अध्यक्षमा चयन

असल शासन प्रतिनिधि

दैलेख / भ्रष्टाचार बिरुद्ध क्रियाशिल संस्था बास नेपाल दैलेख शाखाको ७ औं अधिबेशन शनिबार सम्पन्न भएको छ । उक्त अधिबेशन बाट कृष्णकमल अधिकारी अध्यक्षमा सर्ब सहमत चयन भएका छन् ।

त्यसैगरी शाखाको उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमश गीता कुमारी खत्री, ललित थापा, जङ्ग बोगटी, प्रकाश शाही रहेका छन् ।

त्यसैगरी सदस्यहरूमा संगिता शाही, सुशील कार्की, गणेश प्रसाद शर्मा, गोविन्द प्रसाद रेग्मी, सुहाना घर्तीमगर र हेमराज न्यौपानेलाई चयन गरेको छ ।
७७ वटै जिल्लामा बास नेपालले गठन गरेका शाखाहरुको २ बर्ष समयाअबधि पुरा गरेका शाखाहरुको पुनर्गठन अर्थात शाखा अधिबेशन गर्दै आएको र सोही क्रममा बास नेपालको दैलेख शाखाले अधिबेशन सम्पन्न गरेको हो ।

सक्रिय रूपमा आफ्ना गतिविधिहरू सञ्चालन गर्दै आएको दैलेख शाखाले गैर सरकारी संस्था महासंघ दैलेखका अध्यक्ष डिल कुमारी चन्दको प्रमुख आथित्यमा सञ्चालन गरेको थियो ।

उद्घाटन कार्यक्रममा शुभकामना मन्तव्य दिँदै प्रमुख अतिथि डिल कुमारी चन्दले बासले गरेका कामको प्रशंसा गर्दै समाजमा विभेद धेरै रहेको बताइन् । समाजमा भएका यस्ता विभेद हटाउन सबै सँग संस्थाले हातेमालो गर्नुपर्ने बताइन् ।

बास नेपाल दैलेख शाखाका अध्यक्ष हिक्मत बुढाको अध्यक्षतामा भएको अधिबेशन पश्चात उक्त कार्यक्रममा उपस्थित पत्रकार महासङ्घ दैलेख शाखाका अध्यक्ष अमर सुनार, बास नेपालका केन्द्रीय पूर्व अध्यक्ष मन भण्डारी लगायतले शुभकामना दिएका थिए ।

  • ६ माघ २०८१, आईतवार प्रकाशित

  • Nabintech