तीन स्वास्थ्य संस्थाको सामाजिक परीक्षण सम्पन्न

असल शासन प्रतिनिधि

नेपालगञ्ज/नेपालगञ्ज उपमहानगरपालिका भित्र रहेका तीन वटा स्वास्थ्य संस्थाहरुको सामाजिक परीक्षण सम्पन्न भएको छ ।

बैशाख १४ गते जयसपुर, पिप्रहवा र मनिकापुर स्वास्थ्य चौकीको सामाजिक परीक्षण सम्पन्न भएको हो । नेपालगञ्ज उपमहानगरपालिकाको सहयोग र बासको सहजिकरणमा सामाजिक परीक्षण गरिएको हो ।

४ बँदे कार्ययोजना बनाउँदै जयसुर स्वास्थ्यचौकीको सामाजिक परीक्षण अन्तरगतको आमभेला सम्पन्न भएको छ ।

भेलाको अन्तमा बनाईएको योजनामा स्वास्थ्यचौकीको गेट निर्माण गर्ने, जयसपुर वडा कार्यालय जाने बाटो देखि स्वास्थ्यचौकी जाने बाटो कच्चि भएकाले पक्कि बाटो निर्माण गर्ने, १ जना थप अनमिको व्यवस्था गर्न माग गर्ने, ११ जना स्वयंसेविकाहरुका लागि शाईकल माग वडासँग गर्ने रहेका छन् ।

बासका कार्यकारी निर्देशक नमस्कार शाहले सहजिकरण गरेको कार्यक्रममा चौकीले प्रदान गरेको सेवा, सुबिधाको बारेमा स्वास्थ्य चौकीका ईञ्चार्ज मधुकर मणि आचार्यले तथ्याँक सहित जानकारी गराएका थिए । तथ्याँक बिबरण प्रस्तुती पछि आमभेला छलफलमा केन्द्रित भएको थियो । कार्यक्रममा नगर स्वास्थ्य प्रमुख केशब गौतम लगाएतको उपस्थिती रहेको थियो ।

यसैगरी पिप्रहवा स्वास्थ्य चौकीको संक्षिप्त सामाजिक परिक्षण कार्यक्रम अन्र्तगत आम भेलासम्पन्न भएको छ । भेलामा गत बर्ष बनाईएको कार्य योजनाको कार्यान्वयनको अवस्थाका बारेमा समिक्षा गरिएको थियो । स्वास्थ्य चौकीले प्रदान गरेको सेवा, सुबिधाको बारेमा स्वास्थ्य चौकीका हे.अ. राम दत्त जोशीले जानकारी गराएका थिए भने सामाजिक परीक्षक राधिका गिरीले सेवा लिएर फर्कदै गरेका सेवाग्राहीहरुको अभिमत संकलनको नतिजा लगाएतका तथ्यहरु प्रस्तुत गरेकि थिईन् । तथ्याँक बिबरण प्रस्तुती पछि आमभेला छलफलमा केन्द्रित भएको थियो । छलफलका क्रममा सहभागि र सरोकारवालाहरुको बिचमा दोहोरो छलफल भएको थियो । कार्यक्रममा ५९  जनाको सहभागिता थियो । भेलाको अन्तमा २ वटा जिप्सन फ्लाईको कोठा बनाउने, पर्निचर व्यवस्थापन गर्ने र ANC सेवा बढाउने योजना बनाईएकोछ ।

यसैगरी मनिकापुरमा सम्पन्न मनिकापुर स्वास्थ्य चौकीको सामाजिक परीक्षणमा ४ बुँदे कार्ययोजना बनाईएको छ । जसम बर्थिंग सेन्टरमा प्रयाप्त कर्मचारी व्यवस्थापन गर्ने, स्वास्थ्यचौकीमा जेनेरेटर व्यवस्था गर्ने, प्रतिक्षालय निर्माण गर्ने, स्वयंसेविका यातायात खर्च बढाई २ हजार पुर्याउन माग गर्ने रहेका छन् ।

कार्यक्रमको सहजिकरण बासका कार्यक्रम संयोजक शम्भु शाहीले गरेका थिए । यस अघि पुरैनी, नगर स्वास्थ्य केन्द्र नेपालगञ्ज वडा नम्वर ४, उदयपुर स्वास्थ्यचौकीको सामाजिक परीक्षण सम्पन्न भईसकेको छ ।

 

 

  • १७ बैशाख २०७६, मंगलवार प्रकाशित

  • Nabintech