डुडुवा र नरैनापुरमा बास नेपालको उपशाखा पुर्नगठन

डुडुवामा समसुद्धिन खान, नरैनापुरमा गुल्जार अहमद मुकेरी अध्यक्ष

असल शासन प्रतिनिधि

नेपालगञ्ज / बास नेपालले बाँकेको डुडुवा गाँउपालिका र नरैनापुर गाउँपालिकामा आफ्नो उपशाखाहरु पुनर्गठन गरेको छ ।

बास नेपालले २ बर्ष समयाअबधि पुगेका शाखा, उपशाखा र ईकाईहरुको पुनर्गठन गर्ने क्रममा आज आईतवार उपशाखा पुनर्गठन गरेको हो ।

बास नेपालका केन्द्रीय उपाध्यक्ष शिव कुमार बर्मा र बास नेपाल बाँके शाखाका सदस्य अशोक रावलको उपस्थितमा आज डुडुवा गाउँपालिका वडा नम्बर ४ को भवनमा उपस्थित भेलाबाट समसुद्धिन खानको अध्यक्षतामा १३ सदस्यीय समिति पुनर्गठन गरिएको छ ।

उपशाखाको उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमश करण बर्मा, मनिराम केवट, अन्नपुर्ण मिश्रा र रोहित यादव चयन भएका छन् ।
त्यसैगरी उपशाखाका सदस्यहरुमा सेवकराम यादव, निवास केवट, राहुल यादव, जिज्ञासा यादव, राहुल मिश्रा, हुसेन खाँ, सुरज मिश्रा र अजिता साहानी रहेका छन् ।
पुनर्गठन पश्चात पदाधिकारीहरुलाई बधाई तथा शुभकामना दिदै बास नेपालका केन्द्रीय उपाध्यक्ष शिव कुमार बर्माले बास नेपालका यस समितिले सुशासनका क्षेत्रमा क्रियाशिल रहन सुभावदिएका थिए ।

त्यसैगरी आजै नरैनापुर गाँउपालिकामा उपशाखा पुनर्गठन गरिएको छ । गुल्जार अहमद मुकेरीको अध्यक्षतामा १५ सदस्यीय उपशाखा गठन भएको छ भने उपशाखाको उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमश चन्दा शर्मा, समिर अहमद दर्जी, अस्लम अनि शेष, जुवेदा खातुन चयन भएका छन् ।

त्यसैगरी सदस्यहरुमा क्रमश रामजान अलि अन्सारी,मनिषा बोहरा, सिराज दर्जी, कलाम दफाली, मनिष मिश्रा, शुद्ध शर्मा, रोशनी चौधरी, शेर मोहमद खाँ, पवन कुमार यादव र निजामुद्धिन खाँ रहेका छन् ।

  • ६ माघ २०८१, आईतवार प्रकाशित

  • Nabintech