लुम्बिनी प्रदेश सरकारप्रतिको धारणा परिवर्तन हुँदै

रबिन्द्र बोहरा

माघ ९ /भालुवाङ्ग, दाङ
प्रदेश सरकारका बारेमा रहेको भाष्य परिवर्तन हुँदै गएका लुम्बिनी प्रदेश राजधानी देउखुरीमा आयोजित एक कार्यक्रमका सहभागी पत्रकारहरुले बताएका छन् । बास नेपालको आयोजनामा मिडिया पहुँच र संलग्नता परियोजना अन्तर्गत माघ ९ गते, बुधबार आयोजित संचारकर्मीहरुसँगको समिक्षा कार्यक्रममा उक्त कुरा बताइएको हो ।


लुम्बिनी प्रदेश सरकारले गरेका गतिविधि, सूचना, जानकारी, समस्या तथा चुनौतीहरुका बारेमा संचारकर्मीहरुले छापा संचार तथा रेडियो टेलिभिनज मार्फत प्रकाशन र प्रसारण गर्दै आएका कार्यक्रम लेख तथा गतिविधिरुको समिक्षा गर्ने तथा आगामी कार्ययोजना तयार गर्ने उदेश्यका साथ उक्त कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रममा लुम्बिनी प्रदेश अन्तर्गतका सबै जिल्लाहरुबाट रेडियो, प्रिन्ट मिडिया, अनलाईन, टेलिभिजन आदी संचार माध्यममा कार्यरत ३० जना संचारकर्मीहरुको सहभागिता रहेको थियो ।
समिक्षामा मिसन टुडेका बिरेन्द्र जैशीले प्रदेश सरकारका बारेमा शुरुमा आफुले बनाएको धारणा परिवर्तन हुँदै गएकोे, प्रदेश सरकारले प्रभावकारी कार्य गरेको भएतापनि आवश्यक तथ्यांक व्यवस्थापन गर्न नसकेको, हेमोडायलासिस विरामीको सेवा विस्तार गर्न आवश्यक रहेको रिर्पोटिङ्गको क्रममा जानकारी भएको बताएका थिए ।
त्यसैगरी रेडियो परासीका प्रमुख विकास अधिकारीले नवलपरासीमा दुग्ध किसानहरुले उत्पादनका आधारमा प्रदेश सरकारले दिने अनुदान स्थानीय सरकारले नै दिने गरेको भन्ने गलत बुझाई रहेकोमा सम्बन्धित किसानहरुसँग प्रत्यक्ष भेटि रिर्पोटिङ्ग गर्दा त्यसको बारेमा तथ्य कुरा जानकारी गएको, जिल्लामा सडक डिभिजन कार्यालय उद्घाटन भएको १५ दिन सम्म कार्यालय बन्द रहेको समाचार प्रसारण गरे पश्चात तत्काल कार्यालय खुली अधुरा बाटो तथा पुल निर्माण कार्यले निरन्तरता पाएको सफलताको कथा सुनाएका थिए ।
माण्डवी एफ. एम.का समाचार प्रमुख रबिन विकले कार्यक्रम उत्पादन गर्दै जाँदा आफुहरुले पत्रकारीतामा खोजमूलक तरिकाले तथ्य विषयहरु तथा गहिराईमा अध्ययन गरी वास्तविकता बाहिर ल्याउनु पर्ने रहेछ भन्ने सिकाई भएको बताएका थिए ।


नागरिक दैनिकका रिर्पोटर देवेन्द्र बस्नेतले पर्यटन प्रर्वद्धन तथा विकासको लागि प्रदेश सरकारले लुम्बिनीसँग आफ्नो नाता खोज्दै गएको तथा प्रदेश सरकारले पर्यटनका क्षेत्रमा विकास गर्दै लगेको अवस्था रिर्पोटिङ्गको क्रममा आफुलने प्राप्त गरेका बताए ।
समिक्षामा मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयलका प्रेस संयोजक दशरथ घिमिरले प्रदेश सरकारले गरेका कार्यहरु आम संचार माध्यमबाट निरन्तर बाहिर आई रहेको तथा संचारमाध्यमहरुको भुमिका प्रभावकारी देखिएको र स्थानीयहरुमा समेत त्यसको सकारात्मक असर परेको बताउँदै यस्ता कार्यक्रमको निरन्तरतको लागि प्रदेश सरकारसँग आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।
संचारकर्मीहरु समिर वली, शुशिल श्रेष्ठ, लिला शाह, विन्दु भट्टराई, तेज बहादुर परियार, सदिक्षा शाह, लगाएत सहभागी सबै संचारकर्मीहरुले आफ्नो सिकाई, अनुभव सफलताका कथाहरु प्रस्तुत गरेका थिए ।
कार्यक्रममा बरिष्ठ पत्रकार रुद्रप्रसाद सुवेदीले संचारकर्मीहरुले शुरुवातको चरण भन्दा पछिल्ला दिनहरुमा खोजमूलक पत्रकारीताको धारबाट लेखहरु आउन थालेको आफुले पाएको तथा आगामी दिनका लागि लेख्न सकिने सम्भावित विषयहरुका बारेमा संचारकर्मीहरुलाई जानकारी गराएका थिए ।
द एसिया फाण्डेसनका महेन्द्र घिमिरेले संचारकर्मीहरुले गरेका कार्यहरुको प्रशंसा गर्दै अझै खोजमूलक पत्रकारीताबाट गहिराई सम्म पुगेर लेखहरु लेख्नुपर्ने आवश्यकता औँल्याएका थिए ।
समिक्षाको सहिजकरण बास नेपालका कार्यक्रम संयोजक मन भण्डारीले गरेका थिए ।

  • ९ माघ २०८१, बुधबार प्रकाशित

  • Nabintech