नेपालगन्ज । जानकी गाउँपालिका बाँकेको सार्वजनिक सुनुवाई बास नेपालको सहजिकरणमा आज सम्पन्न भएको छ ।
जानकी गाउँपालिकाले प्रवाह गरेका कार्यहरुको पालिका बासिहरुलाई जानकारी गराउने, प्रगतिको समिक्षा गर्ने र पृष्ठपोषण लिने उद्धेश्यले उक्त सुनुवाई गरिएको हो ।
गाउँपालिका प्रांगणमा भएको सुनुवाईबाट आठ बुदें साझाँँ सार्वजनिक प्रतिबद्धता गरिएको छ । यसरी गरिएका प्रतिबद्धताहरुमा दिंबंगत भएका विपन्न बर्गका समुदायका ब्यक्तिहरुको अन्तिम दाह संस्कारकालागि आवश्यक सहयोग हुदै आएकोमा सो सहयोगका लागि स्पष्ट मापदण्ड बनाउने, वडा नम्बर ३ स्थित अमिला नाला दुई महिना भित्र निर्माण गर्ने, जानकी गाउँपालिका वडा नम्बर २ बाट गाउपालिकाले निशुल्क उपलब्धी भएको धाराको नल्का जडानबापत ४ हजार लिने गरेको गुनासो आएकाले सो कानुन विपरितको कार्य तत्काल राक्ने, वडा नम्बर २ छोटीपुर टोलमा निर्माणाधीन सडकको रकम हिनामिना भएको बिषयमा तत्काल छानविन गरि रकम हिनामिना गर्ने ठेकेदारलाई आवश्यक कार्वाही गर्ने, विगत दुई आर्थिक बर्ष देखि बैठक समेत नबसि निस्कृय रहेको पालिका स्तरीय विपद समितिलाई सक्रिय पार्ने, एबिसि इटा भट्टा जाने बाटो आगामी आर्थिक बर्षमा निर्माण गर्ने र यस आबमा ग्रावेल गर्ने तथा जग्गा प्राप्त भएमा बाबाकुटीमा प्रतिक्षालय निर्माण गर्ने र कन्या बिद्यालय पछाडीको बाटो यस आर्थिक बर्ष भित्र निर्माण गर्ने प्रतिबद्धता गरिएको छ ।
जानकी गाउँपालिकाका २५० बढी स्थानीयहरुको सहभागितामा सम्पन्न सुनुवाईमा उठेका प्रश्नतथा जिज्ञासाहरुको जवाफ अध्यक्ष छब्बन खाँ, उपाध्यक्ष रामप्यारी यादब, प्रमुख प्रशासकिय अधिकृत नर बहादुर बिक लगायत वडा अध्यक्षहरु र शाखा प्रमुखले दिएका थिए । बासका केन्द्रीय उपाध्यक्ष शिब कुमार बर्माले सहजिकरण गरेको सुनुवाईमा उद्धेश्यमा माथि प्रकाश बास नेपालका प्रबन्धक मन भण्डारीले गरेका थिए ।