जयेन्दुमा फेरि झडप, ६ घाईते

असल शासन प्रतिनिधि

बाँके/ बाँकेको डुडुवामा रहेको जयेन्दु बाल सुधार गृहमा झडप भएको छ ।

पटकपटकपटक झडप हुँदै आएको उक्त सुधार गृहमा पछिल्लोपटक आज भएको बालबन्दीबीचको झडपमा ६ जना घाइते भएका छन्  ।

प्रहरीका अनुसार घाइते ६ जनालाई उपचारका लागि नर्सिङहोम नेपालगञ्ज ल्याइएको छ ।

प्रहरीका अनुसार, बाल सुधार गृहमा राति ११ बजेबाट झडप शुरु भएको थियो । घटनाको जानकारी पाउने बित्तिकै ठूलो संख्यामा प्रहरी घटनास्थलमा पुगेको थियो ।

प्रहरीलाई भित्र जान नदिईएका कारण झडपलाई नियन्त्रणमा लिन ढिलाई भएको बुझिएको छ । घटना स्थलबाट कति भागे भन्ने यकिन हुन सकेको छैन ।

बाल सुधार गृहमा अढाइ सय बालबन्दी रहेका छन् ।

  • १ चैत्र २०८१, शनिबार प्रकाशित

  • Nabintech