महेन्द्र पुस्तकालयले दियो उत्कृष्ट विद्यार्थीलाई पुरस्कार

असल शासन प्रतिनिधि

महेन्द्र पुस्तकालय नेपालगन्जले बाँकेमा कक्षा १२ मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई पुरस्कार प्रदान गरेको छ । । डा. कृष्ण जङ्ग राणाद्वारा स्थापित शान्ता राणा शैक्षिक पुरस्कार त्रिभुवन नमुना मावि कोहलपुरकी छात्रा संगिता कटुवाललाई प्रदान गरिएको हो । विद्यालयहरुका कक्षा १२ का छात्राहरुमध्ये सबै भन्दा उत्कृष्ट अंक ३.५८ जीपीए प्राप्त गरेकी कटुवाललाई नगद २१ हजार पुरस्कार प्रदान गरिएको हो ।

पुस्तकालयका अध्यक्ष बलराम यादवको अध्यक्षता तथा नेपालगंज उप–महानगरपालिकाका कार्यवाहक प्रमुख कमरुद्दीन राईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा उक्त पुरस्कार प्रदान गरिएको हो । बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीसमेतको सहभागिता रहेको पुरस्कार वितरण कार्यक्रममा पूर्व प्रधानाध्यापक विष्णुमान श्रेष्ठ, प्राज्ञ शशीराम कार्की, नरेन्द्र जंग पीटर लगायतको सहभागिता थियो ।

  • ३ चैत्र २०८१, सोमबार प्रकाशित

  • Nabintech