को बन्ला नयाँ आईजीपी

असल शासन प्रतिनिधि

सरकारले नेपाल प्रहरीको ३१ औं महानिरीक्षक (आईजीपी) नियुक्तिका लागि गृहकार्य शुरू गरेको छ । बहालवाला आईजीपी वसन्तबहादुर कुँवर आजबाट अनिवार्य अवकाशमा जाँदैछन् ।

प्रहरी नेतृत्वमा पुग्न ३ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरू क्रमशः दीपक थापा, सुदीप गिरी र टेकबहादुर तामाङ तीव्र प्रतिस्पर्दामा छन् । यी एआईजीमध्ये थापा वरिष्ठताको हिसावले अगाडि छन् । थापा २०७९ चैत ६ मा एआईजीमा बढुवा भएका थिए । गिरी र तामाङ २०७९ चैत २४ एआईजीमा बढुवा भएका हुन् ।

मौजुदा प्रहरी नियमावली, २०७१ को नियम ४१ अनुसार आईजीपी नियुक्तिको अधिकार नेपाल सरकारलाई छ । नियमावलीमा भनिएको छ, ‘एआईजीहरूमध्येबाट र एआईजी नभएको अवस्थामा डीआईजीमध्येबाट ज्येष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व बहन गर्न सक्ने क्षमता, नेतृत्व प्रदान गर्न सक्ने कुशलता तथा आफूभन्दा मुनिको प्रहरीलाई प्रोत्साहन र परिचालन गर्न सक्ने सामर्थ्यको आधारमा नेपाल सरकारले उपयुक्त देखेको उम्मेदवारलाई आईजीपी पदमा बढुवा गर्नेछ ।’

गृह मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले आईजीपी नियुक्त गर्ने हो । मन्त्रालयका एक उच्च अधिकृतका अनुसार राजनीतिक ‘चलखेल’ नगर्ने हो भने नियमावलीअनुसार एआईजी थापालाई नै आईजीपी बनाउनुपर्ने दबाब सरकारलाई छ ।

 

  • ३ चैत्र २०८१, सोमबार प्रकाशित

  • Nabintech