प्रकृति तर्फ फर्क अभियान

असल शासन प्रतिनिधि

नेपालगञ्ज  / कोहलपुर नगरपालिका अन्र्तगत वडा नम्बर २ र ५ मा प्रकृति तर्फ फर्क अभियान अन्तर्गत सामुदायिक भेटघाट गरिएको छ ।

रेष्टलेस डेभलेपमेन्ट, क्रियसन नेपाल र युथ ईनोभेसन को सहयोग तथा बास नेपालको आयोजनामा आज उक्त अभियान गरिएको थियो ।

प्लास्टिक जन्य फोहोर मैला ब्यवस्थापन र जवाफदेहता परियोजना अन्तर्गत कोहलपुरमा आज गरिएको छुटा छुटै समुदायमा गरिएको प्रकृति तर्फ फर्क अभियान भेटघाटमा प्लाष्टिक जन्य पदार्थ हामीले कसरी सजिलै घर भित्र पुर्याउछा्रैं र त्यसको प्रयोगले मानबलाई हुने समस्याको बारेमा छलफल गरिएको थियो । साथै हामीले प्लाष्टिक मात्र नभित्रयाई रोग पनि भित्रयाई रहेको छलफलमा आउने सहभागीहरुले बताँए ।

समुदायमा भएको फोहोरको अबस्था, फोहोर उठाउने गाडिको नियमितता, जथाभाबी फालिने फोहर ब्यवस्थापन, फोहोर सेगीक्ेीह्लगायतका बिषयमा उपस्थित सहभागीहरुको माझ ब्यापक छलफल गरिएको ।

वडा नम्बर २ को बिकास नगर टोलमा भएको समुदाय भेटघाटका कार्यक्रममा फोहोरको अबस्था, फोहोर उठाउने गाडिको नियमितता, जथाभाबी फालिने फोहर ब्यवस्थापन, फोहोर बजारीकरण लगायतका बिषयमा उपस्थित सहभागीहरुको माझ ब्यापक छलफल गरिएको । वडा नम्बर २ का वडा सदस्य उपस्थित रहेको उक्त कार्यक्रममा ४६ जनाको उपस्थिति रहेको थियो ।

त्यसैगरी वडा नम्बर ५ को वडा अध्यक्ष दिपेन्द्र श्रेष्ठको उपस्थितिमा दस बिगाहा पश्चिमको समुदायमा सामुदायिक भेटघाट गरिएको छ । २६ जना सहभागीहरु उपस्थित रहेको उक्त कार्यक्रममा सरसफाई सम्बन्धी धेरै कामहरु गर्न बाँकी रहेकाले बास नेपाल सँगै मिलेर काम गर्ने काम गर्ने वडा अध्यक्ष श्रेष्ठले बताए ।

प्राकृतिक बस्तु प्रयोग गरौं, कुहिने र नकुहिने बस्तु वर्गीकरण गरौं, जथाभावी फोहर नफालौँ, प्लास्टिकजन्य पदार्थ प्रयोग नगरौँ, फोहर फाल्नु अघि एक पटक सोचौं, प्रकृति तर्फ फर्कौँ, स्थानीय उत्पादनको प्रयोग गरौं लेखिएका प्ले कार्डहरु सहित बास नेपालका केन्द्रीय कोषाध्यक्ष कल्पना अधिकारी र जन सम्पर्क अधिकृत माधव कार्की ले प्रस्तुतिकरण गरेका थिए ।

  • ७ चैत्र २०८१, शुक्रबार प्रकाशित

  • Nabintech