शारदा नगरपालिका वडा नम्बर ९ को सार्बजनिक सुनुवाई सम्पन्न

असल शासन प्रतिनिधि

सल्यान÷ शारदा नगरपालिका वडा नम्बर ९ को सार्बजनिक सुनुवाई सम्पन्न भएको छ ।

शारदा नगरपालिका वडा नम्बर ९ को आयोजना र बास नेपालको सहजीकरणमा शारदा नगरपालिका वडा नम्बर ९ ले प्रदान गर्ने सेवा र सुबिधाको प्रभावकारीता बिषयक सार्बजनिक सुनुवाई वडा नम्बर ९ को प्राङ्गणमा बिहिवार सम्पन्न भएको हो ।

सार्बजनिक सुनुवाईमा सहभागीहरुले वडामा पिउने पानीको समस्या भएको, बिभिन्न टोलमा अझै सम्म पनि बिद्युत बिस्तार हुन नसकेको, जैतपानी धिरुवा जोडने सडक देखी अन्य केही टोलमा सडक बिस्तार नभएकाले धेरै समस्या भएकोृ, गिटी बालुवा ढुवानीले गर्दा नजिकका खेतबारीहरुमा समस्या आएको , सिपमुलक तालिमहरु सञ्चालन नभएको, बाल बिबाह बढ्दै गएको लगायतका समस्या राखेका थिए ।

सहभागीहरुको समस्याहरुको जवाफ दिदै शारदा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ओम प्रकास देवकोटाले बिद्युतको समस्या वडा नम्बर ९ को मात्र नभई वडा नम्बर ७,९ र ११ मा पनि भएको यसको समाधानका लागि पालिकाले बिद्युत प्राधिकरण सँग समन्य भैरहेकाले तत्कालै त्यसको समाधाान हुने बताए । पिउने पानीको समाधानका लागि पनि समग्र पालिका स्तरिय टेन्डर आबहान् भैसकेको र वडा नम्बर ९ मा पनि उक्त समस्या समाधान गर्न पालिका लागि परेको प्रमुख प्रशासकिय अधिकृत देवकोटाले थपे ।

 

त्यस्तै सहभागिहरुकै जिज्ञाषा मेटाउदै कार्यक्रमका सरोकारवाला ब्यक्ति तथा वडा अध्यक्ष हेमेन्द्र कुमार बुढाथोकीले वडाका समग्र समस्या समाधानका लागि आफु लागिपरेको र हामीलाई सही मार्गमा निर्दैशन गर्न हरेक नागरिकहरुको सल्लाह सुझावहरुको आबश्यक रहेको बताए ।


झण्डै २ घण्टा सम्म चलेको कार्यक्रममा प्रमुख सरोकारवालाहरुको रुपमा शारदा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ओम प्रकाश देवकोटा, योजना शाखा प्रमुख केसर बहादुर बुढथोकी, आर्थिक प्रशासन शाखा प्रमुख श्याम बहादुर सिंह, वडा अध्यक्ष हेमेन्द्र कुमार बुढाथोकी, वडा सदस्य तथा जिल्ला समन्वय समितिका सदस्य चेतन गिरी, वडा सदस्य धनी कुमारी बोहोरा, दिलमाया बिक,बेलधर बुढा वडा सचिव माधव वली, स्वास्थ्य चौकी ईन्चार्ज खिमा श्रेष्ठ रहेका थिए भने उक्त कार्यक्रममा एकसय पचास जनाको उपस्थिति रहेको थियो ।

कार्यक्रमबाट ६ बुद्धे साझा सार्बजनिक प्रतिबद्धता हस्ताक्षर गरिएको छ भने प्रतिबद्धताहरुमा वडामा पिउने पानीको समस्या समाधानका लागि पहल भई समन्वय भैसकेकाले तत्कालै आबश्यक सहजीकरण गर्ने, वडाको खोलमेला लगायत बिभिन्न ठाउँमा बिद्युतको समस्या भएकाले उक्त समस्या भएकाले उक्त समस्या समाधानका लागि कार्यपालिका र बिद्युत प्राबिधिकरण सँग समन्वय भईरहेकाले समस्या समाधान गर्ने, पालिकाको बिभिन्न ठाउँमा रहका बिरामीहरुलाई सेवा दिन पालिकाले एम्बुलेन्स सेवा प्रदान गर्ने उद्धेश्यका साथ काम भएकाले तत्कालै एम्बुलेन्स सेवा प्रदान गर्ने, जैतपानी धिरुवा जोड्ने सडक बिस्तारका लागि डिपिआर भैसकेकाले उक्त सडकका साथै नयाँ बस्ती जोड्ने काम सञ्चालन गरिने , वालबिवाह न्युनिकरणका लागि सहभागीहरु बाट उठेका जिज्ञासामा पालिका र वडा यस बिषयमा सचेत भएको र पालिकाले रणनिति योजना बनाईसकेकाले सोही अनुरुप काम गर्ने, सिपमुलक र क्षमता बिकासका लागि तालिम सञ्चालनका लागि आगामी बर्ष कार्यक्रम तय गरी नगरपालिकाका लाई अनुरोध गर्ने लगायतका रहेका छन् ।

 

एक सय पचास बढि सहभागीता रहेको कायक्रममा वडाको प्रगति प्रतिबेदन वडा सचिव माधव वलीले प्रस्तुत गरेका थिए भने नागरिक प्रतिबेदन र बर्हिगमन अभिमत बास नेपालका जन सम्पर्क अधिकृत माधव कार्कीले प्रस्तुत गरेका थिए ।

कार्यक्रमको सहजिकरण बास नेपालका कार्यक्रम प्रबन्धक मन भण्डारीले गरेका थिए ।

  • २७ चैत्र २०८१, बिहीबार प्रकाशित

  • Nabintech