शारदाले गर्यो दोश्रो चौमासिकको सार्बजनिक सुनुवाई

असल शासन प्रतिनिधि

नेपालगञ्ज / शारदा नगरपालिका सल्यानले अर्थिक बर्ष २०८१/०८२ को दोश्रो चौमासिकको सार्बजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ ।

शारदा नगरपालिका सल्यानको आयोजना र बास नेपालको सहजीकरणमा शारदा नगरपालिकाले प्रदान गर्ने सेवा र सुबिधाको प्रभावकारीता बिषयक सार्बजनिक सुनुवाई कार्यक्रम शुक्रवार खलङा स्थित टुडिखेलमा सम्पन्न भएको हाे ।

सार्बजनिक सुनुवाईमा सहभागीहरुले सडक निर्माण गर्दा नालीको ब्यवस्था नगर्नाले घरमा भल पस्ने, पालिका अन्तर्गतका सडकहरु स्तरउन्न्ती हुन नसकेका, नागरिकका समस्या लिएर जाँदा सुनुवाई हुन नसकेका, आमा समुहको घर निर्माण गराउन ढिलाई भएको, पिउने पानीको समस्या भएको, लक्षित बर्ग उत्थान अन्तर्गत बिभिन्न सिपमुलक तालिमहरुका सञ्चालन हुन नसकेको, धार्मिक आस्था प्रति पालिकाले खासै चासो नदेखाएको, श्रीनगरमा चौतारी निर्माणमा ढिलाई भएको लगायतका समस्या राखेका थिए ।

सहभागीहरुको समस्याहरुको जवाफ दिदै शारदा नगरपालिकाका नगर प्रमुख प्रकाश भण्डारीले आफ्नो पालिकामा बसोबास गर्ने हरेक नागरिकहरुको समस्याहरु आफुले नजिकबाट हेर्ने गरेको र नागरिकहरुको समस्या समाधान गर्न आफु दिन रात लागि परेको बताए । हामीले गरेका हरेक कामहरुको मुल्याँकन जनताहरले गर्नुपर्ने र सचेत नागरिकहरुको हिसावले हामीले गरेका कामहरु प्रति चित्त नबुझेमा आफ्नै भाई छोरा सम्झी सल्लाह सुझाव दिन अनुरोध गरे । त्यस्तै शारदा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ओम प्रकास देवकोटाले जनताकै सेवामा जनप्रतिनिधिहरु र कर्मचारीहरु लागिपरेकाले बिस्तारै नागरिकहरुको समस्या समाधान हुने बताए । अहिले शारदा नगरपालिकाको ट्डकारो समस्या भनेको पिउने पानीको रहेकाले समस्या समाधान गर्न जर्कु खानेपानीको डिपिआर भई काम अगाडी बढिसकेको उनले थपे ।

झण्डै २ घण्टा सम्म चलेको कार्यक्रममा प्रमुख सरोकारवालाहरुको रुपमा शारदा नगरपालिकाका नगर प्रमुख प्रकाश भण्डारी, प्रशासकिय अधिकृत ओम प्रकाश देवकोटा, वडा नम्बर १ देखी १५ वटै वडाका बडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, नगरपालिकाका शाखा प्रमुखहरु रहेका थिए भने उक्त कार्यक्रममा दुई सय जनाको उपस्थिति रहेको थियो ।

कार्यक्रमबाट ६ बुद्धे साझा सार्बजनिक प्रतिबद्धता हस्ताक्षर गरिएको छ भने प्रतिबद्धताहरुमा पालिका भित्र बसोबास गर्ने बिपन्न गरिब बर्गका समुदायबाट उच्च शिक्षा अध्ययनका लागि माग भई निबेदन आएका आबश्यकताको आधारमा छात्रबृति उपलब्ध गर्ने, पालिकाका बिभन्न क्षेत्रमा बाटोको समस्या भएको माग आएकाले आगामि बर्ष प्राथामिकताको आधारमा क्रमागत रुपमा योजना बनाई कार्यन्वयन गर्ने, नगरपालिकाको सेवा सुबिधालाई थप प्रभावकारी बनाउदै जाने, पारदर्शिता र जवाफदेहिता प्रबर्धनमा बिशेष जोड दिने, जंगली जनावरबाट हुने वाली नोक्सानीको राहत उपलब्ध गराउन आवश्यक सहजिकरण गर्ने, पालिका भित्र बसोबास गर्ने सबै बर्ग धर्म समुदायलाई सम्मान गर्ने र समान दृष्टिकोण राखी कार्य गर्ने, पालिकाले गरेका राम्रा कामको प्रचार गर्ने र सुधार गर्नपर्ने बिषयमा सचेत नागरिककाे हिसाबले पालिकालाई सुझाव दिने लगायतका रहेका छन् ।

दुई सय बढि सहभागीता रहेको कार्यक्रममा पालिकाले दोश्रो चौमासिक भित्र सम्पन्न गरेका कार्यक्रमहरुको प्रतिबेदन नरपालिकाका गप्रमुख प्रशासकिय अधिकृत ओम प्रकास देवकोटाले प्रस्तुत गरेका थिए भने नागरिक प्रतिबेदन र बर्हिगमन अभिमत बास नेपालका जन सम्पर्क अधिकृत माधव कार्कीले प्रस्तुत गरेका थिए ।

कार्यक्रमको सहजिकरण बास नेपालका कार्यक्रम प्रबन्धक मन भण्डारीले गरेका थिए ।

  • २९ चैत्र २०८१, शनिबार प्रकाशित

  • Nabintech