सुर्खेत, साउन ६ – सुर्खेतमा हनी ट्रयापको आरोपमा एक महिला पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार बुलबुलेस्थित एक होटलमा आपसी चिनजान र सहमतिका आधारमा भेट्न बोलाई एक पुरुषसँग सम्बन्ध राखेर उनीहरूमाथि मानसिक दबाब दिई अश्लील भिडियो खिचेर आर्थिक ठगी गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो ।
दैलेख जिल्ला नौमुले गाउँपालिका वडा न. ८ घर भै हाल सुर्खेतको वीरेन्द्रनगर–९ बस्दै आएकी २१ वर्षीया शिशु चन्दले पीडित मनोज कोइरालालाई पटक–पटक धम्क्याएर कुल रु १४ लाख २५ हजार रुपैयाँ असुली गरेको प्रहरीको भनाइ छ ।
पीडितले प्रहरीमा उजुरी दिएपछि अनुसन्धानका क्रममा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी मोहनजंग बुढाथोकीका अनुसार आरोपितहरूलाई आर्थिक लाभ ९ एक्सटर्सन को कसुरमा पक्राउ गरी आवश्यक अनुसन्धान अगाडि बढाइएको छ ।
प्रहरीका अनुसार महिलाहरूले पीडितलाई सामाजिक सञ्जाल तथा मिडियामा नागाेंं फोटोहरू सार्वजनिक गरिदिने धम्की दिएका थिए ,हाल घटनाको विस्तृत अनुसन्धान भइरहेको छ।









