नेपालगन्ज/ नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ मा बिभत्स ह्त्या भएको छ ।
दैलेख निवासी २२ बर्षिय निर्मला थापाको हत्या भएको हो ।
बिगत २ बर्ष देखि निर्मला नेपालगन्जको बिपि चोक स्थित सुनाखरि रेस्टुरेन्टमा वेटर को रुपमा कार्यरत थिइन् ।
बर्दिया निवासी ३५ बर्षिय प्रकाश सुनारले निर्मलाको बिहान घाँटीमा सल ले बेरेर हत्या गरि निर्मलाको बहिनिलाई दिदी लाई मैले मारे भन्दै फोन गरेका थिए ।
त्यसपछी सबै साथी भाइ आफन्त लाई अब यति हो है भेटघाट भन्दै राती २ बजे आफै जिल्ला प्रहरी कार्यालयमा पुगेको जिप्रका बाँकेले जनाएको छ ।
नेपालगन्ज को स्वास्तिक कटेज मा बिगत ४ बर्श देखि प्रकाश सुनार ( क्यापटेन) को रुपमा कार्यरत थिए । बिबाहित प्रकाश सुनारको एक छोरा एक छोरी र श्रीमति बर्दियामानै बसोबास गर्छन् ।
प्रकाश सुनार र मृतक निर्मला बिगत ३ बर्ष देखि बेलासपुरमासङ्गै बस्दै आइरहेको प्रकासको परिवारले बताएको छ ।
ह्त्याको दुई दिन पछि मृतक निर्मलाको शबलाई पोस्टमार्टमको लागि भेरी अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक याम बुढा मगर ले जानकारी दिए ।









