बास नेपालका १४ बिभागले पाए पूर्णता

असल शासन प्रतिनिधि

श्रावण १८ गते
नेपालगञ्ज / बास नेपालले आफ्नो संगठन लाई सशक्त रुपमा सञ्चालन गर्नका लागि गठित बिभिन्न बिभागहरुले पूर्णता पाएका छन् ।

७७ जिल्लामा नै बास नेपालका शाखाहरु मार्फत काम गरिरहेको संस्थाले गठन गरेका बिभागहरुले पूर्णता पाएका हुन् ।

यसरी पूर्णता पाएका बिभागहरुमा संगठन बिभाग, तालिम बिभाग, अनुशासन बिभाग, जनसम्पर्क बिभाग, गुनासो सुनुवाई तथा ब्यवस्थापन बिभाग, स्वयंसेवक बिभाग, अपाङ्गता तथा जेष्ठ नागरिक बिभाग, युवा सशक्तिकरण बिभाग, सांस्कृतिक बिभाग, सामुदायिक सशक्तिकरण बिभाग, लैगिक हिंसा न्यनीकरण बिभाग, वातावरण संरक्षण बिभाग, अन्तरराष्ट्रिय सम्बन्ध समन्वय बिभाग, महिला तथा बालबालिका सशक्तिकरण बिभाग रहेका छन् ।

केन्द्रीय उपाध्यक्ष खुमेश सुमेदीको संयोजकत्वमा गठित संगठन बिभागको सदस्यहरुमा चिरञ्जिबि छेडाल, सिम्रत कौर, भगवती बिसी, ईन्द्र केसी, कमल शाही, गोबिन्द बिष्ट, सागर बोहराका साथै माधव कार्की रहेका छन रहेका छन् । यसैगरि केन्द्रीय उपाध्यक्ष दिला शाहको संयोजकत्वमा रहेको तालिम बिभागमा खुमेश सुबेदी,मन भण्डारी,कल्पना अधिकारी र रत्न बुढा रहेका छन ।

केन्द्रीय महासचिव कल्पना अधिकारीको संयोजकत्वमा अनुशासन बिभाग गठन भएको छ भने उक्त बिभागको सदस्यमा जोशिना थारु,बसन्ती रोकाया,मुना बिष्ट र शुद्ध चौधरी रहेका छन् भने केन्द्रीय सचिव जोशिना थारुको संयोजकत्वमा गठित जनसम्पर्क बिभागको सदस्यहरुमा माधव कार्की, दिपिका रोकाया, ललिता बि.क र तेज बोहरा रहेका छन् ।

त्यस्तै बास नेपालका निर्देशक हेमराज भट्टको संयोजकत्वमा गठित गुनासो सुनुवाई तथा ब्यवस्थापन बिभागको सदस्यहरुमा नैन सुनार,अनुराधा टिकंरी,माधव कुमार कार्की, शोभा थापा मगर, राम बहादुर बटाला र लक्ष्मी केसी मनोनित भएका छन् । कार्यक्रम अधिृकत रबिन्द्र बोहराको संयोजकत्वमा स्वयंसेवक बिभाग गठन गरिएको छ भने उक्त बिभागको सदस्यहरुमा स्वयंसेवक समिति संयोजक पदनो सदस्य रहने गरी अन्य सदस्यहरुमा सम्झना सुनार, पवनराज उपाध्याय, चन्द्र प्रशाद जैशी, गंगा भण्डारी र सुशिल खड्का मनोनित भएका छन् ।

सक्रिय सदस्य टेकराज जैशीको संयोजकत्वमा गठित अपाङ्गता तथा जेष्ठ नागरिक बिभागको सदस्यहरुमा दल बहादुर सुनार, बिनोद थापा, पवनराज उपाध्याय, जित बहादुर थापा, सुक्ष्मा बि.क, हिरा खत्री र असलम अलि शेष मनोनित भएका छन् भने सक्रिय सदस्य हिक्मत बुढाको संयोजकत्वमा युवा सशक्तिकरण बिभागको सदस्यहरुमा प्रकाश बिक्रम शाही, सशिल सुनार, चन्द्र प्रकाश जैशी, गिता बि.क, प्रेम बिष्ट र अनुराधा टिंकरी मनोनित भएका छन् ।

यसैगरी सक्रिय सदस्य महेन्द्र सेढाईको संयोजकत्वमा सांस्कृतिक बिभाग सदस्यहरुमा सुष्मा ग्रेस, नेम बहादुर शाही, भुपी बिष्ट, बिनोद थापा, मुना बिष्ट र यमका सुबेदी मनोनित भएका छन् भने सक्रिय सदस्य मोहनलाल सोनकारको संयोजकत्वमा सामुदायिक सशक्तिकरण बिभाग सदस्यहरुमा रामु चिडिमार, सम्सुद्धिन खाँ, निसा गिरी, तारा वली, पुष्पा सुनार र दशरथ कोरी मनोनित भएका छन् ।
सक्रिय सदस्य कमला पोख्रेलको संयोजकत्वमा गठित लैगिक हिंसा न्यनीकरण बिभागको सदस्यहरुमा तारा वली, अनुजा मल्ल हमाल, शान्ति गौतम, माधुरी बि.क र शिवा शाह मनोनित भएका छन् भने सक्रिय सदस्य हेमन्तराज काफ्लेको संयोजकत्वमा गठित वातावरण संरक्षण बिभाग सदस्यहरुमा हेमराज भट्ट, रामु चिडिमार, समिर वली, कृष्णकमल अधिकारी, मनिष कर्माचार्या र हेमन्तराज जोशी (बाज) मनोनित भएका छन् ।

त्यसैगरी पुर्ब बागमती प्रदेश संयोजक ईश्वर दाहालको संयोजकत्वमा अन्तरराष्ट्रिय सम्बन्ध समन्वय बिभागको सदस्यहरुमा मेघा रेउले, प्रबिणकुमार खतिवडा, राजाराम बस्नेत र शुसिल दाहाल मनोनित भएका छन् ।

पुर्ब केन्द्रीय सदस्य तिला सुनारको संयोजकत्वमा बालबालिका तथा महिला सशक्तिकरण बिभाग गठन गरिएको छ भने बिभागको सदस्यहरुमा मुना बिष्ट,सरस्वती क्षेत्री,राष्टि बुढामगर र संगिता श्रेष्ठ मनोनित भएका छन् ।

  • १९ श्रावण २०८२, आईतवार प्रकाशित

  • Nabintech