श्रावण १९
नेपालगञ्ज / बास नेपाल बाँके शाखाले जनता माबि खजुरामा बृक्षारोपन गरेको छ ।

सुशासनको क्षेत्रमा बिभिन्न अभियानहरु गर्दै आएको बास नेपाल बाँके शाखाले हरित अभियानलाई पनि अगाडी बढाईरहेको छ ।

सोही अनुरुप आज खजुरा गाउँपालिका वडा नम्बर ७ बठुवा स्थित श्री जनता मबिमा बृक्षारोपन कार्यक्रम गरेको हो ।
बास नेपाल बाँके शाखा अध्यक्ष रामु चिडिमार, बाँके शाखा सदस्य शोभा भण्डारी, जन सम्पर्क अधिकृत माधव कार्की, बरिष्ठ सामाजिक परिचालक जमुना चौधरी र प्रशासन सहायक सुमिता कुमाल सहितको टिम उक्त बिद्यालयमा पुगेर बृक्षारोपन गरेको थियो ।

जनता माबिका प्रधानाध्यापक गगन बहादुर खड्का, विद्यालय व्यवस्थापन समितिका सदस्य मायाराम यादवको उपस्थितिमा गरिएको बृक्षारोपन कार्यक्रम सम्पन्न गरिएको थियो भने समापन कार्यक्रममा बोल्दै प्रधानाध्यापक गगन बहादुर खड्काले बृक्षारोपन कार्यक्रमको लागि बास नेपाललाई धन्यवाद दिए ।









