राष्ट्रिपती पौडेलले गरे फाइटर रविन्द्र ढाँलाई सम्मान

असल शासन प्रतिनिधि

काठमाडौं / भारतमा भएको म्याट्रिक्स फाइटर नाईत टाइटल विजेता रविद्र ढाँटलाई राष्ट्रिपती रामचन्द्र पौडेलले सम्मान गरेका छन । ढाँटको सम्मानमा राष्ट्रिपति भवन शीतल निवासमा भएको स्वागत कार्यक्रममा राष्ट्रिपती पौडेलले देशलाई विश्वभर चिनाउने खेल क्षेत्रको विकास एवम् खेलाडीको सम्मान गर्न सरकारले ध्यान दिनुपर्ने बताए ।

उनले भने, देश विदेशका प्रतियोगितामा प्रतिस्पर्धा र प्रशिक्षणको अवसरसंगै आवश्यक सुविधा दिएर खेलाडीको सम्मान गर्न सके मात्रै हाम्रा खेलाडीहरुले किर्तिमान र सफलता हासिल गर्न सक्दछन् ।

राष्ट्रिपती पौडेलले व्यक्तिको शारीरिक, मानसिक र ममग्र व्यक्तित्व विकासमा खेलको महत्व रहेको बताए । खेल क्षेत्रको विकासमा सरकार, खेलसंग सम्बन्धि संस्था र निकायले आगामी दिनमा अझ प्रभावकारी ढंगले काम गर्न क्रियाशील हुने विश्वास लिएको छु ।

राष्ट्रिपती पौडेलले बझाङको बाघ भनेर परिचित नेपाली एमएमए फाइटर रविन्द्र ढाँटले आफ्नो खेल कौशल, सामथ्र्य, शक्ति र खेलप्रतिको अगाध समर्पणले यो उपाधि जित्न सफल हुनु नेपालीहरुको लागि गौरवको बिषय भएको बताए । राष्ट्रिपती पौडेलले ढाँटको सपलताका लागि सहयोग गर्ने सबैलाई धन्यवाद समेत दिए ।

  • २२ श्रावण २०८२, बुधबार प्रकाशित

  • Nabintech