अछाम/ बागेश्वरी धार्मिक तथा प्राकृतिक, पर्यटकीय क्षेत्र विकास समिति, अछामको दशौं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।
बागेश्वरी धार्मिक तथा प्राकृतिक, पर्यटकीय क्षेत्रमा सम्पन्न उक्त साधारण सभाको तुर्माखाँद गाउँपालिका वडा नम्वर ४ का अध्यक्ष पदम बहादुर बिसीले उद्घाटन गरेका थिए ।

उद्घाटन गर्दै प्रमुख अतिथी समेत रहेका अध्यक्ष बिसीले स्थानीय सरकारका तर्फबाट बागेश्वरी धार्मिक तथा प्राकृतिक, पर्यटकीय क्षेत्रको बिकासका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । उनले समितिबाट प्रशंसनिय कार्य भएको बताए ।
कार्यक्रममा संस्थाको बार्षिक प्रतिवेदन प्रश्तुत गर्दै संस्थाका अध्यक्ष लोकेन्द्र बहादुर शाहले अछामको तुर्माखाँद गाउँपालिकाको नागपर्वत नाडामा प्राचिन बागेश्वरी मन्दिर रहि आएको र सोही मन्दिरको संरक्षणका लागि २०६८ सालमा सँस्था स्थापना गरिएको बताए ।
उनले पबित्र उद्धेश्यका स्थापना भएको संस्थाबाट नागपर्वत क्षेत्रको समग्र विकास, पर्यटन प्रबद्र्धन लगाएतका कार्यहरु भईरहेको बताए । उनले सँस्थाद्वारा अति प्राचिन बागेश्वरी मन्दिरको बिकास, बिस्तारका लागि बिभिन्न भौतिक निर्माणका कार्यहरु सम्पन्न हुनुका साथै निर्माणाधिन अवस्थामा रहेको बताए । उनले संस्थाद्वारा बिभिन्न सामाजिक कार्यहरु समेत भईरहेको बताए ।

कार्यक्रममा कोषाध्यक्ष छत्रकला बयकले आर्थिक प्रतिबेदन प्रश्तुत गरेकि थिईन् भने कार्यक्रमको सञ्चालन सचिव झंकर बहादुर शाहीले गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य प्रमुख सल्लाहकार दिपेन्द्र बहादुर शाहीले व्यक्त गरेका थिए ।
साधारणसभाबाट प्रगति, आर्थिक प्रतिबेदन पारित हुनुका साथै बार्षिक कार्ययोजना समेत अनुमोदन गरिएको थियो ।
मालिका चर्तुदशी पर्बको अवसरमा बागेश्वरी मन्दिर परिसरको प्रबचन मञ्चमा भएको उक्त कार्यक्रममा संस्थाका सदस्य शम्शेर बहादुर शाही, र सहसचिव मिन बहादुर शाहीले बागेश्वरी बन्दना र भजन किर्तन गरेका थिए ।
कार्यक्रममा मन्दिर निर्माण कार्यका लागि कोषाध्यक्ष छत्रकला बयकले १० हजार, तुर्माखाँद गापा ८ का वडाध्यक्ष निरख बहादुर शाहीले ८ हजार, कालिकोट हाल तुर्माखाँद बजार निवासी लोकराज शाहीले ५ हजार १ सय ५१ रुपैयाँ सहयोग गरेका थिए ।

कार्यक्रममा मन्दिर निर्माण गर्ने दानविरहरु तथा चन्दादाताहरु, पानीको मुहानबाट मन्दिर सम्म पानी उपलब्ध गराउने मैथुमबासी एकेन्द्र बहादुर पुनलाई सम्मान पत्र प्रदान गरिएको थियो ।
बिशिष्ठ अतिथी तुर्माखाँद ८ वडाध्यक्ष निरख बहादुर शाहीको प्रमुख आतिथ्यतामा बन्द शत्र सम्पन्न भएको थियो । बन्दशत्रमा बोल्दै वडाध्यक्ष शाहीले प्राचिन बागेश्वरी मन्दिरको संस्थागत बिकासका लागि समितिले अतुलनिय योगदान दिएको बताए ।
कार्यक्रममा तुर्माखाँद गाउँसभा सदस्य बिशिष्ठ अतिथी धनिराम जैशी लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा ३०० बढिको सहभागिता रहेको थियो ।
कार्यक्रममा बागेश्वरीको जय, जयकार गरिएको थियो ।
११ वटा नयाँ मन्दिर निर्माण :
२०८१ मंसिर २२ ते सम्पन्न समितिको बैठकको निर्णय अनुसार अध्यक्ष लोकेन्द्र बहादुर शाहको पहल र अनुरोधमा निजि श्रोतमा ११ वटा देबिका मन्दिर निर्माण भएका छन् ।
संस्थाकी उपाध्यक्ष लक्ष्मी बुढाले भारती देबि, ढकारी ६ गलवालका रत्न प्रसाद जैशी, महानन्द जैशीले सरस्वति मन्दिर, समिति सदस्य तुर्माखाँद ५ गाउँखेत, नाडाका हिरेन्द्र बहादुर शाहीले शारदा देबिको मन्दिर निर्माण गरेका छन् ।
यसैगरी समितिका अध्यक्ष लोकेन्द्र बहादुर शाहले बिसं १९६७ मा हजुरवुवा गोकुल शाहीले निर्माण गरेको मन्दिरको स्मृतिमा बागेश्वरी काष्ठ मन्दिर निर्माण गरेका छन् भने तुर्माखाँद ५ कुरिगाउँ नाडा निवासी प्रेम बहादुर शाही, बहिनी गौमति कुमारी शाहीले नागेश्वर महादेब पार्वति मन्दिर, समितिका सदस्य जंग बहादुर शाही र राज बहादुर शाहीले हंशबाहिनी मन्दिर, समिति सदस्य जनक बहादुर शाहीले श्री जगतमाता मन्दिर निर्माण गरेका छन् ।
समितिका बिशिष्ठ सल्लाहकार, कालिकेश्वरी माबि तुर्माखाँदका प्रधानाध्यापक मनिराम बुढाले कौमारी मन्दिर, समितिका सल्लाहकार तुमाँखाँद ५ नाडा हाल नेपालगञ्ज निवासी रमादेबी शाहले भुवनेश्वरी मन्दिर, तुर्माखाँद ५ थोलु तथा कुरिगाउँ प्रेम बहादुर शाही, रत्ना शाहीले बुद्धिरात्री मन्दिर निर्माण गरेका थिए ।
यसैगरी आजिवन सदस्य, मयकाडा आधारभुत स्कुलका प्रअ कर्ण बहादुर बुढा, अष्टसिद्धि माबि ढुँगाचाल्ना ढकारी गापा ६ अछामका प्रधानाध्यापक सुनिता थापाले चन्द्रघण्टादेबि मन्दिर निर्माण गरेका छन् ।
मालिका चुर्तदशी पर्व भव्य :
बागेश्वरी मन्दिरमा मालिका चतुर्दशी पुजा भव्यताका साथ सम्पन्न भएको छ । बिहान ७.०० बजेबाट बेलुकी ४.०० बजे सम्म भएको पुजामा अछाम लगायतका बिभिन्न जिल्लाका झण्डै ५ हजार दर्शनार्थीले बागेश्वरी देबिको दर्शन गरेका थिए ।
अछामका बिभिन्न गाउँपालिका सहित दैलेख, सुर्खेत, डोटी लगायतका जिल्लाबाट दर्शनार्थीहरुले दर्शन गरेका थिए ।
जयलाल उपाध्याय, मयाराम उपाध्याय, मुलकर्ता नाईठाकुर मिन बहादुर शाहीले पुजाआजा गरेका थिए ।
समितिका अध्यक्ष लोकेन्द्र बहादुर शाहको नेतृत्वमा पर्व व्यवस्थापन गरिएको थियो ।









