खजुरामा कारले अटोलाई ठक्कर दिदा अटो चालक घाईते

असल शासन प्रतिनिधि

नेपालगञ्ज / नेपालगञ्ज खजुरा रोडमा पर्ने चाईने भट्टा नजिक रोकिरहेको अटोलाई कारले ठक्क्र दिदा अटो चालक घाईते भएका छन् ।

नेपालगञ्ज देखी गुलरिया तर्फ गईरहेको बागमती प्रदेश ०१ ०२८ च १२१६ नम्बरको कारले सडकको छेउमा रोकीरहेको भे २ ह ७७० नम्बरको अटोमा  ठक्कर दिदा उढरापुरका अटो चालक घाईते भएको घटणास्थलमा भेटिएका ट्राफिक प्रहरीले बताएका छन् ।

घाईतेलाई खजुरा स्थित सिटि हस्पीटलमा उपचार भैरहेका छ भने अटो र कारमा क्षती भएको छ ।

कारको गति तिब्र भई अनियन्त्रीत हुँदा अटोमा ठोक्कीएको र अटो र कार दुबैमा क्षती भएको छ भने घटणा घटे लगत्तै कारको ड्राईभर फरार रहेको बुझिएको छ ।

 

  • २९ श्रावण २०८२, बुधबार प्रकाशित

  • Nabintech