सूचनाको हककाअभियान्ता तथा सूचनाको हकका लागि राष्ट्रिय महासङ्घ महासचिव पूर्णप्रसाद मिश्रले विनय कसजु उत्कृष्ट सूचनाको हकको अभियन्ता पुरस्कार–२०८२ नलिने सार्वजनिक घोषणा गरेका छन् ।
मिश्रले आफ्नो फेसबुक वालमा लेखेका छन् ।
‘विनय कसजु उत्कृष्ट सूचनाको हकको अभियन्ता पुरस्कार–२०८२’ तपाइँलाई दिने निर्णय भएको छ भनी भदौ १ गते राष्ट्रिय सूचना आयोगका कर्मचारीबाट फोनमार्फत् जानकारी प्राप्त भएको । जानकारी दिने कर्मचारीलाई मसँगै पुरस्कृत गरिने अरु अभियन्ता को को हो रु उहाँहरुको सूची पनि पाउँ र कुन कार्यविधि अनुसार पुरस्कार दिन लागेको भनी सोधेकामा जानकारी प्राप्त भएन ।

यस सम्बन्धमा त्यसै दिन इमेलबाट पत्र पठाउँछौँ भने पनि पत्र प्राप्त नभएको, भदौ २ गते दिउँसो आयोगका शाखा अधिकृत दिनेश लुइँटेलले हस्ताक्षर गरेको पत्र उहाँकै नम्बरबाट मेरो ह्वाट्स एपमा प्राप्त भएको थियो । पत्र आएको नम्बरमा सम्पर्क गरी भदौ १ गतेकै जस्तो गरी क, कसलाई पुरस्कार दिन लागिएको कुन विधिबाट पुरस्कृत हुनेको नाम छनोट गरिएको हो रु भनी सोद्धा सचिवज्यूलाई सोधेर भन्छु भनेकामा अहिलेसम्म कुनै जानकारी प्राप्त हुन नआएको ।
यसअघि गत वैशाखमा आयोगले दिएको पुरस्कार पनि दुई जनामात्र सूचनाको हकका अभियन्तालाई दिई अरु तीन जना पत्रकारिताका विभिन्न विधामा सक्रिय पत्रकारहरुलाई दिएको भनी सार्वजनिक रुपमा समाचारका साथै टिका टिप्पणी हुँदा पनि आयोगले त्यसलाई खण्डन नगरेको, पुरस्कार छनोटको कार्यविधि पनि सार्वजनिक नगरेको ।
आयोगमा मैले गरेका पुनरावेदनमध्ये करिब एक दर्जनको संख्यामा सार्वजनिक निकायलाई सूचना नदिएकाले किन कारबाही नगर्ने रु भनी पत्र पठाएको महिनौँ बित्दा पनि ती निकायका कार्यालय प्रमुखलाई सूचना नदिएका कारण कारबाही गरेको जानकारी प्राप्त गर्न नसकेकाले आयोगले दिएको पुरस्कार लिनु उपयुक्त ठानिनँ । आयोगले गरेका पछिल्ला निर्णय एवं आदेश तथा भाषणका कारण नेपालमा सूचनाको हक कमजोर भएको भनी सार्वजनिक रुपमा विश्लेषण भइरहेकाले पुरस्कार ग्रहण गर्दा यस्ता कर्ममा समर्थन हुने ठानेकाले पनि पुरस्कार ग्रहण गर्नु उचित ठानिनँ ।
आयोगका पछिल्ला निर्णय विवादमा परिरहेका बेला म आबद्ध सूचनाको हकका लागि राष्ट्रिय महासंघले २०८१ चैत ८ गते पेश गरेको ध्यानाकर्षण पत्र अहिलेसम्म कार्यान्वयन नभएको । जसका कारण १९ औँ राष्ट्रिय सूचना दिवसको अवसर पारेर आजैदेखि महासंघलगायत तीन दर्जन बढी नागरिक संस्था सडकमा उत्रेका छन् । आयोगले गरेका निर्णय एवं आदेश सूचनाको हकको कानुन एवं मूल्य मान्यता विपरीत हुँदै गएको सार्वजनिक रुपमा टीका टिप्पणी भइरहँदा पनि आयोगले त्यसलाई सच्याउनतिर ध्यान नदिएकाले अहिलेलाई मेरा नाममा आयोगले दिन लागेको पुरस्कार नलिने सार्वजनिक घोषणा गर्दछु । आयोगबाट पछिल्ला दिनमा भएका गतिविधिको सूक्ष्मरुपमा अध्ययन गर्न लोकतन्त्र, मानव अधिकार एवं कानुनी शासनका पक्षधर आम जनसमुदायमा अपील गर्दछु ।
आयोगले आगामी दिनमा पुरस्कार घोषणा गर्दा पहिले नै सूची सार्वजनिक गर्न, कुन कार्यविधि वा कानुन अनुसार पुरस्कार दिइएको हो त्यसको पारदर्शी रुपमा सबै नेपाली नागरिकलाई जानकारी दिने व्यवस्था मिलाउन पनि आग्रह गर्दछु ।
जय सूचनाको हक ।
पूर्णप्रसाद मिश्र
सूचनाको हकको अभियानकर्मी
एवं
महासचिव
सूचनाको हकका लागि राष्ट्रिय महासङ्घ
काठमाडौँ









