इरानबाट फर्किंदै गरेको बसमा आगलागी, ७३ जनाको मृत्यु

असल शासन प्रतिनिधि

अफगानिस्तानमा बस दुर्घटना हुँदा ७३ जनाको मृत्यु भएको छ । इरानबाट फर्किंदै गरेका अफगानी चढेको बसमा आगलागी हुँदा मंगलबार बेलुकी उक्त दुर्घटना भएको हो ।

मृतकमध्ये १७ जना बालबालिका रहेको बीबीसीले जनाएको छ । बसमा सवार सबैको मृत्यु भएको र ठोक्किएको अरू दुई सवारीमा रहेका दुई जनाले समेत ज्यान गुमाएका छन् ।

दुर्घटनाग्रस्त बसमा धेरैजसो इरानबाट फर्काइँदै गरिएका अफगानी प्रवासीहरू थिए । काबुल जाँदै गरेको बसमा ट्रक र मोटरसाइकलसँग ठोक्किएर आगलागी भएको बताइएको छ । हालैका महिनामा गृहयुद्धका कारण अफगानिस्तानबाट भागेका अफगानी नागरिकलाई इरानले स्वदेश फिर्ता पठाउनेक्रमलाई तीव्रता दिएको छ ।

 

  • ४ भाद्र २०८२, बुधबार प्रकाशित

  • Nabintech