हवलदारपुरमा युवती झुन्डिएको अवस्थामा फेला

असल शासन प्रतिनिधि

नेपालगन्ज/ कोहलपुरको हवल्दारपुरमा एक युवती झुन्डिएको अवस्थामा फेला परेकी छन् ।

अन्दाजी २६ बर्षकी नाम नखुलेकी युवती कोहलपुरको हवल्दारपुर स्थित राम माबिको प्राङ्गणमा रहेको एउटा रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेकी हुन् ।

जानकारी अनुसार, घटना बारे बिहान जानकारी भएपनी राती घटेको हुन सक्छ ।

हवलदारपुर स्थित एक होटलमा कार्यरत उनी दुई दिन देखि सम्पर्कमा नरहेको बताईएको छ ।

सुर्खेत घर भएकी उनले आफै झुन्डिएर आत्महत्या गरिन् वा कसैले मारेर झुन्ड्याय एकिन भन्न नसकिने प्रत्यक्षदर्शीले बताए । उनीहरुका अनुसार, शलमा झुन्डिएको अवस्थामा रहेकी उनी झुन्डिएको हाङ्गा भुइँबाट नजिक छ भने उनको खुट्टा भुइँमा छन् ।

घटनास्थलमा अहिले ठूलो भिड लागेको छ, प्रहरीले घटनास्थल नियन्त्रणमा लिएको छ । जानकारी अनुसार, युवतिका आफन्तहरु सुर्खेतबाट आउँदैछन् ।

  • १३ भाद्र २०८२, शुक्रबार प्रकाशित

  • Nabintech