वियरको बोतल प्रहारबाट सालाको मृत्यु

असल शासन प्रतिनिधि

नेपालगन्ज । दिदीभिनाजुको घरेलु विवाद छुट्याउन गएका सालाको मृत्यु भएको छ।
आइतबार राति खजुरा गाउँपालिका वडा नम्बर ६, गिजरामा दिदी र भिनाजुको झगडा भइरहेको बेला छुट्याउन पुगेका २२ वर्षीय अर्जुन रानामगरको मृत्यु भएको हो । प्राप्त जानकारी अनुसार झगडा छुट्याउदै गर्दा साला अर्जुन रानामगरलाई भिनाजु दिपेश रामजालीले बियरको बोत्तल प्रहार गरेका थिए। भिनाजुको बोतल प्रहारबाट गम्भीर घाइते भएका अर्जुनको नेपालगन्ज मेडिकल कलेजमा उपचारका क्रममा सोमबार मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनामा संलग्न दिपेशलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • १७ भाद्र २०८२, मंगलवार प्रकाशित

  • Nabintech