आान्दाेलनमा मृत्युु हुनेकाे संख्या ५ पुग्यो

असल शासन प्रतिनिधि

काठमाडौं/ सोमबार काठमाडौंमा भएको जेनजीहरूको प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या पाँच पुगेको छ । नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा १ र ट्रमा सेन्टरमा उपचारकाे क्रममा ४ जना प्रदर्शनकारीको मृत्यु भएको हो ।

उनीहरू सबैलाई प्रहरीले हानेकाे रबरको गोली लागेर गम्भीर घाइते भएका थिए । उपचारका लागि अस्पताल पुर्‍याइएकोमा अस्पतालले मृत्यु घोषणा गरेको छ ।

जेनजीहरूको प्रदर्शनमा प्रहरीले बल प्रयोग गरेपछि थप हिंसात्मक बन्दै गएको हो । दिउँसो साढे १२ बजेबाट काठमाडौंका विभिन्न क्षेत्रमा कर्फ्यू लागेको छ ।

 

 

  • २३ भाद्र २०८२, सोमबार प्रकाशित

  • Nabintech