नेताहरुलाई सुरक्षित स्थानमा सारियो

असल शासन प्रतिनिधि

काठमाडौं /जेनजी प्रदर्शन शीर्ष नेताहरुमाथि केन्द्रित हुन थालेपछी सुरक्षाकर्मीले सुरक्षित स्थानमा राख्न थालेका छन् ।

उच्च सुरक्षा स्रोतले दिएको जानकारी अनुसार चारवटै सुरक्षा निकाय परिचालित भएका छन् । बालुवाटारसहित विभिन्न स्थानमा पटकपटक सैनिक र निजी हेलिकोप्टर अवतरण गरेका छन् । अन्य स्थानमा रहेका नेताहरुलाई समेत सुरक्षित स्थानमा राखिएको स्रोतले जानकारी दिएको छ ।

‘भैंसेपाटीस्थित मन्त्रीक्वाटरमा समेत पटकपटक हेलिकोप्टर अवतरण गरेको छ । केही नेतालाई उद्दार गरेर लगिएको सुरक्षा स्रोतले बताएको छ । तर, उनीहरुलाई कहाँ लगियो भन्ने बताइएको छैन । सोमबार जेनजी युवाले गरेको प्रदर्शनका क्रममा प्रहरीले दमन गर्दा १९ जना युवाको ज्यान गएको छ ।

  • २४ भाद्र २०८२, मंगलवार प्रकाशित

  • Nabintech