सुशीला कार्की अन्तरिम सरकार प्रमुख बन्दै, ९ बजे शपथ

असल शासन प्रतिनिधि

काठमाडौं /नयाँ सरकार गठनको सहमति जुटेसँगै राष्ट्रपति कार्यालय शीतलनिवासमा सुशीला कार्कीलाई सरकार प्रमुख बनाउने तयारी भएको छ ।

सहमति जुटेसंगै नियुक्तिपत्रको मस्यौदा, शपथ ग्रहण र त्यसलगत्तै पहिलो मन्त्रिपरिषद्ले गर्ने निर्णयको मस्यौदाको गृहकार्य भइरहेको छ ।
सरकार गठन, मन्त्रिपरिषद् बैठकको तयारीका लागि मुख्यसचिव एकनारायण अर्याल शीतलनिवास पुगेका जानकारी प्राप्त भएको छ । सानो मन्त्रिमण्डलको तयारी भए पनि सदस्यहरूका नाम भने सार्वजनिक  गरिएको छैन ।
प्रधानसेनापतिको उपस्थितिमा आन्दोलनरत जेनजी, पूर्वप्रधानन्यायाधीश सुशीला कार्की एवं राष्ट्रपति रामचन्द्र पाैडेल  र उनको टिमका प्रतिनिधि बीचको छलफल केहीबेरअघि टुंगिएको हो ।

नेपाल प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धान कार्यालयका प्रमुख पनि शीतलनिवास पुगेकाे बताााईएकाे छ ।

  • २७ भाद्र २०८२, शुक्रबार प्रकाशित

  • Nabintech