एक लाख घुष सहित टंक कार्की पक्राउ

नेपालको कर्मचारीतन्त्रलाई चुनौती दिदै गाउँपालिकाका लेखा अधिकृत

असल शासन प्रतिनिधि

नेपालगञ्ज / डुंगेश्वर गाउँपालिकाका दैलेखका बरिष्ठ लेखा अधिकृत टंक बहादुर कार्की एक लाख घुस सहित पक्राउ परेका छन् ।
गाउँपालिकाको सडक स्तरोन्नती तथा निर्माण सम्पन्न भएपछि अन्तिम बिल भुक्तानी दिने क्रममा ठेकेदारसँग घुस लिदै गर्दा उनलाई सुर्खेतको बिरेन्द्रनगरबाट रंगेहात पक्राउ गरेको हो ।
घुस लिइरहेको भन्ने सूचनाको आधारमा खटिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल र सुर्खेतको संयुक्त टोलीले लेखा अधिकृत कार्कीले सेवाग्राहीबाट एक लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा घुस रकम सहित रंगेहात पक्राउ गरेको हो।
उनलाई सुर्खेतको विरेन्द्रनगर नगरपालिका वडा नम्बर ९ स्थित मंगलगढी चोकबाट असोज २ गते अख्तियारले पक्राउ गरी थप अनुसन्धान गरिरहेको जनाएको छ ।

  • ३ आश्विन २०८२, शुक्रबार प्रकाशित

  • Nabintech