खसिकाे विवादमा मान्छेको ज्यान गयाे

असल शासन प्रतिनिधि

नेपाललगन्ज/ खसी किन्ने क्रममा भएकाे विवादपछि दुई समूहबीच कुटाकुट हुँदा एक जनाको मृत्यु भएको छ।

कुटपिटको क्रममा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ५ का ५२ वर्षीय जाबिद अली बेहनाको मृत्यु भएको हो । शुक्रबार बिहान उनले किन्न लागेको खसी अर्कैले उठाएपछि दुई समूहबीच झडप भएको प्रहरीले जानकारी दिएकाे छ । दुईसमुहबिच आपसमा ढुंगा हानाहान भएकाे प्रहरीको भनाई छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार आपसमा ढुंगा लागेर घाइते भएका जाबिदको दिउँसो साढे २ बजेतिर उपचारकाे क्रममा मृत्यु भएको थियाे ।

हत्या घटनामा संलग्न रहेका मध्य चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाइएको प्रहरीले बताएकाे छ। एक स्थानीयका अनुसार झगडा गर्नेहरु सालो-भेना हुन्।

  • ४ आश्विन २०८२, शनिबार प्रकाशित

  • Nabintech