हेन्सलरत्न उपचारार्थ सहयोग हस्तान्तरण

असल शासन प्रतिनिधि

नेपालगञ्ज  / बास नेपाल द्धारा मुटमा समस्या आई अस्पतालमा उपचारार्थ बिरामी हेन्सलरत्न बज्राचार्यलाई आर्थिक सहयोग हस्तानतरण गरिएको छ ।

बास नेपाल ललितपुर शाखाका अध्यक्ष समेत रहेका बज्राचार्य लामो समयदेखि मुटुमा समस्या भएका कारण काठमान्डौं स्थित शहीद गंगालाल राष्ट्रिय ह्रदय केन्द्रमा अस्पतालमा उपचारार्थ छन् ।

चिकित्सकका अनुसार मुटुमा प्वाल भई भल्वमा समस्या देखिएका कारण शल्यक्रिया गनुपर्ने र शल्यक्रियाका लागि ठुलो आर्थिक जोहो गर्नुपर्ने र पारिवारीक अवस्था कमजोर रहेकाले सहयोगका लागि बज्राचार्याले अनुरोध गरेका थिए । शल्यक्रिया तिहार पछि गर्ने सल्लाह पाएको बज्राचार्याले बताए ।

सोही अनुरुप बास नेपालका पदाधिकारी, कर्मचारी तथा शुभचिन्तकहरु बाट संकलन भएको रकम आज ललितपुर स्थित निवाषमा पुगेर रु २२,०००/-  ( अक्षेरेपी बाईस हजार ) सहयोग हस्तान्तरण गरिएको छ ।

बास नेपालका सदस्य तथा काठमान्डौं स्थित बास नेपालका सम्पर्क ब्यक्ति सुशिला कंवरले उक्त सहयोग हस्तान्तर गरेकी छिन् ।

  • १ कार्तिक २०८२, शुक्रबार प्रकाशित

  • Nabintech