जिल्ला प्रहरीमा स्वागत तथा फेरि भेटौला

हेमराज भट्ट

नेपालगन्ज । जिल्ला प्रहरी कार्यालय बाँकेले जिल्लाबाट सरुवा भएका प्रहरी निरीक्षकहरुको स्वागत तथा फेरि भेटौला कार्यक्रम सम्पन्न गरेको छ ।


नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास बिभाग कर्मचारी प्रशासन शाखाको मिति असोज २८ गते को सर्कुलेसन अनुसार सरुवा भएका प्रहरी निरीक्षक याम बहादुर मल्ल, अरुण बम र याम बहादुर बुढालाई बिदाई गरेको हो ।


जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक अंगुर जिसीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमका बिच जिल्ला प्रहरी कार्यालय बाँकेमा सरुवा भई आएका प्रहरी निरीक्षक केशव केसीलाई स्वागत गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

  • १३ कार्तिक २०८२, बुधबार प्रकाशित

  • Nabintech