झुन्डिएको अवस्थामा शिक्षिका मृत फेला

असल शासन प्रतिनिधि

डोटीको पूर्वीचौकी गाउँपालिका वडा नं. १ की २७ वर्षीया शिक्षिका जानकी खड्का घर नजिकै झुण्डिएको अवस्थामा मृत फेला परेकी छिन् । प्रहरीले घटनासँग सम्बन्धित भन्दै शिक्षा समन्वय इकाई डोटीमा कार्यरत शिक्षा अधिकृत गणेश रावललाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक रामचन्द्र जोशीका अनुसार रावलमाथि आत्महत्या दुरुत्साहनको अभियोगमा अनुसन्धान अघि बढाइएको छ । घटनास्थलबाट रावलका नाममा लेखिएको सुसाइड नोट फेला परेपछि प्रहरीले थप अनुसन्धान जारी राखेको जनाएको छ ।

शिक्षिका खड्का बाजुराको बुढीगंगा नगरपालिका–५ स्थित भानोदय माध्यमिक विद्यालयमा कार्यरत थिइन् । उनले यसअघि धनगढीको डिस्कभरी स्कुलमा अध्यापन गर्दै शिक्षक सेवा आयोगमार्फत स्थायी नियुक्ति प्राप्त गरेकी थिइन् । प्रहरीका अनुसार मृतक अविवाहित थिइन् भने पक्राउ परेका रावल विवाहपछि सम्बन्धविच्छेद गरिसकेका व्यक्ति हुन् ।

  • १३ कार्तिक २०८२, बुधबार प्रकाशित

  • Nabintech