जेनजीसहित त्रिपक्षीय छलफल

असल शासन प्रतिनिधि

आगामी फागुन २१ गते हुने निर्वाचनको वातावरण तयार गर्ने उद्देश्यले बालुवाटारमा त्रिपक्षीय बैठक बसेको छ । बुधबार अपराह्नदेखि सरकार, राजनीति दल र जेनजी प्रतिनिधिबीच बैठक बसिरहेको हो ।

बैठकमा

प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, कानुनमन्त्री अनिल कुमार सिन्हा, शिक्षामन्त्री महावीर पुन र सञ्चारमन्त्री जगदिश खरेल सहभागी छन् ।

त्यस्तै, राजनीतिक दलका तर्फबाट विभिन्न दलका १५ जना सहभागी छन् भने जेनजीका तर्फबाट १३ जना प्रतिनिधि सहभागी छन् । यसअघि कात्तिक ४ गते सरकार र राजनीतिक दलहरूबिच छलफल भएको थियो ।

  • १३ कार्तिक २०८२, बुधबार प्रकाशित

  • Nabintech