पूर्वमुख्यमन्त्री रावल र जाँचबुझ आयोगका सदस्य भण्डारीबीच भनाभन

असल शासन प्रतिनिधि

नेपालगन्ज/ सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावल र जाँचबुझ आयोगका सदस्य विश्वेश्वर प्रसाद भण्डारीबीच धनगढीमा तीव्र भनाभन भएको छ ।

जेन–जी आन्दोलनका क्रममा भएको क्षति संकलनका लागि पुगेको आयोग टोली र रावलबीच बिहीबार भीमदत्तनगरपालिकामा आयोजित छलफल कार्यक्रममा विवाद उत्पन्न भएको हो ।

सञ्जालमा सार्वजनिक भिडियोमा रावलले भण्डारीमाथि “यू आर गेट लस्ट” भन्दै कडा आक्रोश पोखेका छन् । उनले जेनजी आन्दोलनका बेला आफ्नो घर जलेको र परिवार संकटमा परेको भन्दै आयोगका सदस्यहरूलाई “राजकोष दुरुपयोग गर्ने र नाटक देखाउने” भन्दै आरोप लगाएका छन् ।

रावलले आफूलाई छलफलमा निमन्त्रणा नदिइएको, सरोकारवालालाई नबोलाई कार्यक्रम सञ्चालन गरिएको गुनासो पनि गरेका छन् । विवाद बढेपछि कार्यक्रम अघि नबढेको जनाइएको छ । आयोगका अध्यक्ष गौरीबहादुर कार्की नेतृत्वको टोली हाल आन्दोलनको क्षति मूल्याङ्कनका लागि विभिन्न जिल्लामा स्थलगत अध्ययनमा रहेको बताइएको छ ।

  • १५ कार्तिक २०८२, शुक्रबार प्रकाशित

  • Nabintech