हिउँदे बर्षाका कारण कृषक मर्कामा

भकारी भर्ने बेला पानीमै तैरिए किसानका धान

असल शासन प्रतिनिधि

बर्दिया / अघिल्लो हप्ता देखि परेका हिउँदे बर्षाका कारण कृसकहरु मर्कामा परेका छन् ।

मानो खाएर मुरी भित्र्याउने समयमा किसानहरु खेतमा ब्यस्थ थिए । बर्षदिनको पर्ब तिहारको आगामनसँगै खेतमा धान लहलह पाकेको भएतापनि पर्ब सकेर बाली भित्र्याउने तयारीमा रहेका किसानहरु तिहार लगत्तै जव धान काटेर सुकाए त्यसपछि शुरु भयो हिउँदे बर्षा । तिहार लगत्तै काटिएको धान खेतमै रहेको् बेला परेको अबिरल पानीले क्षती पुर्याउँदा किसान चिन्तित बनेका छन् ।

बाँसगढी नगरपालिका वडा नम्बर ७ का कृषक डिल्ली डाँगी दुख ब्यक्त गर्दै भन्छन् तिहार सकेर गत आईतवार धान काटेर खेतमा सुकाएको त्यही रातीदेखी परेको अबिरल बर्षाका कारण धान खेतमै डुबेर उम्रीसके । करिव एक बिगाहाको खेतमा लगाएको धानको अबस्था देखेर यो बर्ष भोके बस्नुपर्ने अबस्था आयो भन्छन् डाँगी ।

त्यस्तै धान काटेर खेतमै तैरिएको र केही धान काटेर धान राख्ने ठाउँ समेत नभएको बाँसगढी ७ बसन्तपुरकी स्थानिय कृषक ईन्द्रा रिजाल दुखेसो पोख्छीन् । उनी थप्छिन हामीले त केही जमिनमा मोटा धान रोपेको जुन काटेर आलु समेत लगाएका थियौं त्यो पनि सखाप भयो किसानलाई त कतैबाट पनि शान्ती छैन् ।
तिहारअघि धान काटेर थुपारेको त्यसपछि धान दाउने समयमा लागातार पानी परेकाले खेतमै धान भिजे, जुन हिजो मात्र धान दाउन थ्रेसर लगाउदा पानीले धान पराल सबै भिजेको बताउँछिन् गेरुवा गाउँपालिका वडा नम्बर ३ की कृषक रुक्मिणी रेग्मी हामीले बर्षा अगावै धान थुपारेकाले कमै क्षती भयो अरु गाउँलेको त तिहारपछि काटेर सुकाएका धान खेतमै भिजेका छन् रेग्मी सुनाउँछिन् ।

अधिकांस किसानको काटेको धान बिग्रने र खेतमै उम्रेर जाने सम्भावना रहेको छ भने खेतमै धान कुहिएर जाने अबस्था रहेको छ ।
बिगत केही बर्षदेखि बेमौसमी हिउँदै बर्षकाका कारण क्षती ब्यहोर्दै आएका किसानलाई यो बर्षपनि दशै भन्दा पहिले हावाहुरी र पानीका कारण क्षती ब्यहोरेका कृषकलाई यस बेला भने नराम्ररी असर परेको छ ।

मधुवन नगरपालिकामा पनि हिउँदे बर्षाका कारण अधिकाँस किसानका धान खेतमै भिजेको अबस्थामा रहेको कृषक राम सोनाम बताउँछन् । उनी भन्छन् एकाध घरको जमिन उचो स्थानमा भएको बाहेक सबैको हाल उस्तै रहेको छ ।

कृषकले धान रोप्ने समयदेखी बिभिन्न समयमा बिउ, मल देखी, ट्याक्टर देखी अन्य खर्च गर्दै आएका किसानलाई जव बाली भित्र्याउने समय हुन्छ तब हिउँदे बर्ष शुरु हुन्छ । जस्ले गर्दा हरेक बर्ष कृषका समस्या ज्यँु का त्युँ छन् ।

समस्याको समाधानका लागि स्थानिय पालिकाहरुले कृषको धानको क्षतीको लगत संकलन गरेर राहत प्रदान गर्दै आएतानि बास्तबिक क्षती हुनेहरुले राहत प्रप्त नगरेको गुनासो कृषकहरुको रहेको छ ।

यसरी हरेक बर्ष किसानहरुले दुख गरेर उब्जाएको खेती जव भित्र्याउन लाग्छन् तब उनीहरुको सपना हिउँदे बर्षाले उडाउँछ । त्यसैले समस्या समाधानका लागि स्थानिय सरकार, कृषि कार्यालय देखी कृषि सँग सम्बन्धीत बिभिन्न निकायाहरु चनाखो हुनपर्ने आजको आबश्यक्ता रहेको छ ।

  • १८ कार्तिक २०८२, सोमबार प्रकाशित

  • Nabintech