नेपालगन्ज । खजुरा गाउँपालिकाले पशु सेवा शाखा विस्तार गर्दै वडा नम्बर २ मा सेवा सञ्चालन गरेको छ ।
नागरिकलाई घर नजिकै सेवा प्राप्त गर्ने गरि उक्त सेवा विस्तार गरिएको हो । कार्तिक २३ गते आईतबार गाउँपालिकाले नयाँ शाखाको सेवा प्रारम्भ भएको जानकारी सहित वडा नम्बर २ सितापुरमा सेवा उद्घाटन गरेको हो। नयाँ शाखा मार्फत स्थानीय कृषक र पशुपालकहरूको लागि पशु चिकित्सा र अन्य सेवा सुविधाहरूको पहुँच सजिलो बनाउने गाउँपालिकाले जनाएको छ।
खजुरा गाउँपालिका प्रवक्ता तथा वडा नं. २ का अध्यक्ष धनीराम वलीकाले नागरिकहरूको सेवामा सुधार ल्याउने उद्देश्यले शाखा विस्तार गरिएको बताए । सेवा विस्तारसँगै वडा नं. १ र २ का नागरिकहरूलाई घर नजिकै पशु सेवा प्राप्त गर्न सहज हुने उनको विश्वास थियो। यस अघि गाउँपालिका कार्यालयबाट मात्रै पशु सेवा प्रदान गर्दै आएको थियो । शाखाको उद्घाटन गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दिल बहादुर पौडेल र वडा नं. २ का अध्यक्ष धनीराम वलीले संयुक्त रूपमा गरेका थिए ।









