नेपालगञ्ज / नेपालगञ्ज स्थित महेन्द्र बहुमुखी क्याम्पसको पुरानो छात्रावासको गार्डरुममा अपरिचत लास फेला परेको छ ।
चौलीका चोकको सामून्ने बाट छात्रावास प्रबेश गर्ने बाटोको पुरानो भग्नाबेश अबस्थामा रहेको छात्रावासको गार्डरुममा अन्दाजी २२/२३ बर्ष उमेर समुहको मृत लास फेला परेको हो ।
आईतवार बेलुका चौलीका चौकमा ट्याङकरको ठक्करबाट एक युवक घाईते हुँदा जम्मा भएको भिडभाडले कतै बाट लासको गन्ध आईरहेको सुचना दिए पश्चात ईलाका प्रहरी जयसपुरबाट खटिगएको नेपाल प्रहरीले टोलीले उक्त मृत लास फेला पारेको छ ।
लासको प्रकृति हेर्दा शरिरमा ट्याटु हानेको करिब ७ /८ दिन पुरानो जस्तो देखिएको र उक्त लासको सनाखत भैनसकेकाले भेरी अस्पतालको शबगृहमा राखिएको जिल्ला प्रहरी कार्यालय बाँकेका सुचना अधिकारी दिपक पातलीले असल शासन प्रतिनिधिलाई बताए ।









