जंगलमा युवक र युवतीको शव फेला

असल शासन प्रतिनिधि

जंगलमा युवक र युवतीको शव फेला

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरस्थित सहिद पार्क नजिकको जंगलमा एक युवक र एक युवती मृत अवस्थामा फेला परेका छन्। वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ४ अन्तर्गत पर्ने भैरव सामुदायिक वन तथा सहिद पार्क नजिकको जंगल क्षेत्रमा उनीहरू मृत भेटिएका हुन्। बुधबार बिहान स्थानीयले जंगलमा शव देखेपछि प्रहरीलाई खबर गरेपछि मृतकहरुको सनाखतमा प्रहरी जुटेको भएपनि मृतक दुवै जनाको हालसम्म पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएकोछ। घट्नाका बिषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • १६ पुष २०८२, बुधबार प्रकाशित

  • Nabintech