बास नेपालसंगको आत्मियता  : स्मरण र विबेचना

बास्कोटाको डायरी विशेष

कृष्णहरि बास्कोटा

बागेश्वरी असल शासन क्लव (बास नेपाल) एउटा गैरसरकारी संस्था हो । यस्मा नेपालभरिका युवा आबद्ध छन् । यस्को शाखा सबै प्रदेश र सबै जिल्लामा फैलिएको छ । यस संस्थासंग मेरो आबद्धता लामै छ । म यस संस्थाको सल्लाहकार पनि हुं । म यस संस्थाका थुप्रै कार्यक्रममा सहभागी पनि भएको छु । तथापी, २०७६ पुष २३ गते राष्ट्र्रिय सूचना आयोगको प्रमुख आयुक्तबाट पदाबधि समाप्त भै सरकारी सेवाबाट अवकाशित भएपछि भने यस संस्थामा मेरो संलग्नता निकै बृद्धि भएको महशुस गरेको छु । यसर्थ, यहि समयसीमा पछिका मेरा संलग्नताका आधारमा मैले बुझेको बासका बारेमा केहि अनुभूति  कोर्दैछु ।
नमस्कारको बर्चश्व :
हरेक मानिसको पहिचान निरन्तरको परिश्रम, कर्तव्यनिष्ठता र संस्थाप्रतिको ईमान्दारिताले बनाउने रहेछ । यस अर्थमा नमस्कार शाह बागेश्वरी असल शासन क्लव, बास नेपालका पर्याय नै हुनुहुन्छ । नमस्कार शाह लगायतले स्थापना गरेको बासको नमस्कार शाह कुनै बखत अध्यक्ष हुनुहुन्थ्यो । तर, वर्तमानमा उहां संस्थाको कार्यकारी निर्देशक हुनुहुन्छ । यो संस्था उहांकै बलबुतामा संचालन भैरहेको छ भन्दै शायदै अतिसयोक्ति होला ।
नमस्कार शाहले भ्रष्टाचार बिरुद्ध किताव लेख्नु भयो । मैले सो पुस्तकमा भूमिका लेखे । सो पुस्तकको बिमोचनमा सहभागी भए । यस्मा मैले उहांमा अद्भूत विश्वास, अठोट र दृढता भेटे । उहांप्रति समाजका अगुवा र नागरिक समाजको सम्मानभाव महशुस गरे । उहांको पुस्तक प्रकाशनमा बास परिवार नै हर्षित भएको महशुस गरे ।
बासमा नियमितरुपमा निर्वाचन भईरहेको छ । नमस्कार शाहले आफु कार्यकारी निर्देशक भएकाले तटस्थ भूमिका निर्वाह गरेको पाएँ । तर, निर्वचनका उम्मेदवारहरु उहांसंग नजिकिन खोजेको महशुस गरे । कसरी कसरी बासभित्र नमस्कार शाहको लोभलाग्दो वर्चश्व महशुस गरिरहेको छु । यसैले बासलाई जीवन्तता प्रदान गरेको पनि अनुभूति गरेको छु ।
म सरकारी सेवामा हुँदा, विशेषगरी सचिव भएपछि नमस्कार शाहले बासका कार्यक्रममा मलाई आमन्त्रण गर्न आरम्भ गर्नु भएको हो । उहां अछामको तुर्माखाँद निवासी हुनुहुन्छ । म अछाम जिल्लाको प्रमुख जिल्ला अधिकारी थिएँ । यसबाट पनि हामी बीचको घनिष्टता बाक्लिएको हो । नमस्कार शाहका बुबा आन्तरिक पर्यटन प्रबद्र्धनमा लागी पर्नु भएको छ । उहांको एउटा ड्रिम प्रोजेक्टमा मैले  पनि रु  ५० हजारको सहयोग पुर्याएको छु । नमस्कार  शाहका दाई र बहिनीहरु पनि आआप्mनो व्यबसायिक क्षेत्रमा उचाई हासिल गरेका व्यक्तित्वशाली हुनुहुन्छ । यी विविध कारणले बहुप्रतिभाका धनी नमस्कार शाहको परिवारसंगनै म नजिक हुँदै जाँदा बास नेपालसंग पनि घनिष्ट हुन मद्धत पुगेको सत्य उजागर गर्दछु ।
स्रोत केन्द्रको स्थापना :
२०७६ फागुन ६ गते मंगलवार बासमा असल शासन सूचना केन्द्र स्थापनाको उद्घाटन गर्ने अवसर जुट्यो । बास नेपालले मेरो उच्च सम्मान गर्नुका साथै भव्य कार्यक्रमको आयोजना गरेको थियो । सो कार्यक्रममा मैले रु १ लाख नगद, एउटा ल्यापटप र केही पुस्तक हस्तान्तरण गरेको थिएँ । मेरो विचारमा यस्को मूल्य करिब रु २ लाख बराबर हो । हाल संचालनमा रहेको यस केन्द्रलाई बासको नयां भवनमा अझै प्रभावकारीढंगले संचालन गरिने अपेक्षा गरेको छु ।
कारागारमा कार्यक्रम :
बासको पहलमा नेपालगंज कारागारमा कार्यक्रम भयो । सो कार्यक्रममा मैले संबोधन गरे । महिला कैदीबन्दीलाई प्रत्यक्ष संबोधन गर्ने र पुरुषहरुले पनि सुन्ने प्रबन्ध गरिएको थियो । मेरो भनाई निकै प्रभावकारी रह्यो । मेरो लागि यो नौलो अनुभव थियो । म पनि निकै प्रशन्न भए । यसरी एकअर्काको परिपूरकका रुपमा बाससंगको सम्बन्धमा गर्वको अनुभव गरेको छु । यो कार्यक्रम २०७६ फागुन ६ गते मंगलवार भएको हो ।
युवा जागरण कार्यक्रम :
२०७६ फागुन ४ गते आईतवार वासले कोहलपुरमा युवा जागरण कार्यक्रम आयोजना गरेको थियो । करिब साढे तीनसय यूवालाई मैले र रमेश प्रसाईले संबोधन गर्यौं । बासले हामी दूईको फोटो सहितका व्यानर ठाउँ ठाउँमा राखेको थियो । सो कार्यक्रममा सहभागी हुंदा आफु पनि युवा अबस्थामै रहेको अनुभव गरेको थिए । यर्थाथमा, बास नेपालसंग म नजिक हुनुको कारण पनि यस संस्थामा प्रायः सबै युवापुस्ता नै भएकाले पनि हो । उनीहरुसंगको संगतले आफुमा पनि थप उर्जा प्राप्त हुने महशुस गरेको छु ।
यसैगरी, २०७७ चैत्र १९ गते बिहिवार धनगढीमा बास नेपालले युवा लक्षित कार्यक्रमको आयोजना गरेको थियो । सो कार्यक्रमा मैले युवाहरुलाई संबोधन गरेको थिए  । यस अतिरिक्त, बाँसगढीमा पनि बासले युवा लक्षित कार्यक्रम आयोजना गरिएको थियो । सो कार्यक्रममा पनि मैले युवाहरुलाई विशेष संबोधन गरेको थिए ।
महाधिबेशनहरुमा सहभागिता :
पछिल्ला वर्षका प्रायः सबैजसो महाधिवेशन र वार्षिकोत्सवमा मेरो सहभागिता रहिआएको छ । उदाहरणका लागि २०७८ चैत १८ गते शुक्रवार नेपालगंजमा बासको नवौं महाधिबेशनको आयोजना गरियो । म प्रमुख अतिथिका हैसियतले कार्यक्रममा उपस्थित भए । कार्यक्रमको उद्घाटन गरें । साथमा, सुशासनका अभियन्ता केदार खड्का पनि हुनुहुन्थ्यो ।
यसै बीच वार्षिक उत्सवमा म आमन्त्रित भईरहें । एकबखत बासले मलाई नागरिक अभिनन्दन गर्यो । म बासप्रति ऋणी भएँ । घटना चक्रसंगै २०८१ मंंसिर २४ गते सोमवार बासको आयोजनामा हरेक बर्ष हुने नेपालगञ्ज वाकाथन कार्यक्रम, र २४ औं बार्षिकोत्सवमा प्रमुख अतिथि भएँ । सो बखत नेपालगञ्जमा ९ डिसेम्बर, एण्टी करप्सन डे बिशेष कार्यक्रम र बास नेपालको बार्षिकोत्सव भएको थियो ।
बासको भवन निर्माण सहयोग :
२०८१ चैत्र २२ गते शुक्रवार बास नेपालको दशौं महाधिवेशन भएको थियो । सो समारोहमा म पनि आमन्त्रित थिए ।  सो समारोहमा मैले बास नेपालको नयां भवन निर्माणका लागि आप्mनो तर्फबाट रु १ लाख चन्दा प्रदान गरेको थिएँ । आम युवाको ढुकढुकीकारुपमा रहेको बास नेपाललाई यो सानो सहयोग पुर्याउदा पनि खुसीको अनुभूति भईरहेको छ ।
नेतृत्व विकासको तालिम :
२०७९ साउन १३ गते शुक्रवार ठाकुरद्धारामा बासको विशेष कार्यक्रम आयोजित थियो । सो कार्यक्रममा बासका करिब ६० जना पदाधिकारी एवं सदस्यहरुलाई नेतृत्व विकासका विविध पक्षमा मैले सत्र संचालन गरेको थिए । सत्रबाट सहभागीहरु निकै लाभान्वित हुनुभयो ।
यसैगरी, २०८२ बैशाख २० गते शनिवार शिब बर्माको अध्यक्षतामा गठीत बासका नयां पदाधिकारी र कर्मचारीको तालीम संचालन गरेको थिएँ । यस्मा करिब ५०, ६० जना सहभागी थिए । यसै कार्यक्रममा मैले सिआईजीपीको तर्फबाट नवनियुक्त अध्यक्षलाई बधाईपत्र हस्तान्तरण गरेको  थिएँ ।
भ्रष्टाचार विरुद्धको सुदुरपश्चिम सम्मेलन :
बास नेपालले २०७९ भदौ २५ गते शनिवार धनगढीमा सुदुरपश्चिम भ्रष्टाचार विरुद्धको सम्मेलन आयोजना गर्यो । सो कार्यक्रममा म उपस्थित भै कार्यपत्र प्रस्तुत गरे । साथै, सोहि अबसरमा युवा उत्प्रेरणाको अर्को सत्र पनि संचालन गरे ।
भ्रष्टाचार विरुद्धको कर्णाली सम्मेलन :
बासद्धारा आयोजित भ्रष्टाचार बिरुद्ध कर्णाली सम्मेलनमा कार्यपत्र प्रस्तुती गरें । सो कार्यक्रममा तत्कालीन मुख्यमन्त्री जीवन बहादुर शाहीको प्रमुख अतिथि हुनुहुन्थ्यो । कार्यक्रम भ्रष्ट्राचार बिरुद्धको अभियानमा केन्द्रित थियो ।
यसैगरी, २०८२ भदौं २ गते सोमवार बासको पहलमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिवासको कार्यक्रममा सहभागी भई प्रशिक्षण संचालन गरें । यस्तै कार्यक्रम २०८१ मा पनि भएको थियो । विशेषगरी, यस कार्यक्रममा कर्मचारीलाई सकारात्मक सोचको भावना जागृत गराउने र आप्mनो काममा अव्बल तुल्याउने ध्येय रहेको थियो ।
पहिलो पव्लिक स्पिच नेपाल कार्यक्रम :
२०८१ भदौं २२ र २९ गते शनिवारका दिन क्रमशः सेमिफाईनल र फाईनल पव्लिक स्पीच कार्यक्रम काठमाण्डौंमा आयोजना गरिएको थियो । यो कार्यक्रम राष्ट्रियस्तरको थियो । बास नेपालद्वारा आयोजित यस कार्यक्रममा मैले प्रमुख निर्णायक (जज) भै संयोजनकारीको भूमिका समेत निर्वाह गरेको थिएँ । अन्य निर्णायकहरुमा केदार खड्का, डा. नबराज लम्साल, अनिता बिन्दू र निरा अधिकारी हुनुहुन्थ्यो । यस प्रतियोगिताकोे प्रथम पुरस्कारको प्रायोजक पनि म नै थिए ।
२०८१ साउन १० गते विहिवार लोमस फर्मासिटीकलमा तालिम संचालन भयो । बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहको पहलमा करिब १५० जनालाई प्रशिक्षण दिएँ । यस वापत पारिश्रमिक रकम रु. ५० हजार प्राप्त भएको थियो । यो रकम मैले यस प्रथम पव्लिक स्पिचको विजेतालाई रु ५० हजार दिने गरी बास नेपाललाई हस्तान्तरण गरेको थिएँ ।
दोस्रो पव्लिक स्पिच नेपाल :
२०८२ भदौं २० गते शुक्रवार दोस्रो राट्रिय पव्लिक स्पिचको सेमिफाईनलको कार्यक्रम काठमाण्डौंमा आयोजना गरियो । सो सेमिफाईनलको पव्लिक स्पिचको प्रमुख निर्णाक म नै भएँ । अन्य निर्णायकमा केदार खड्का र डा. यमुना घले हुनुहुन्थ्यो । २०८२ असोज ४ गते शनिवार यस राष्टिङय पव्लिक स्पिचको फाईनल कार्यक्रम आयोजना भयो । यस फाईनल पव्लिक स्पिच कार्यक्रमको पनि म नै प्रमुख अतिथि र प्रमुख निर्णायक भएँ । प्रथम पुरस्कार वापत रु ५० हजार प्रदान गरें । यो रकम मेरा पिता श्री हरिहर बास्कोटाको स्मृतिमा अर्पण गरेको थिए । भविष्यमा पनि सम्भव भएसम्म यसलाई निरन्तरता दिने सहमति भएको छ ।
बास नेपालसंग रणनीतिक साझेदारीमा हस्ताक्षर :
२०८० साउन २० गते नेपालगंजमा बासको कार्यालयमा बास र सिआईजीपी वीच रणनीतिक साझेदार संस्थाका रुपमा हस्ताक्षर भयो । सिआईजीपीको तर्फबाट सो एमओयुमा कार्यकारी अध्यक्षका हैसियतले मैले हस्ताक्षर गरेको छु । यो बाससंगको सहकार्यको मेरो र सिआईजीपीको लागि ऐतिहासिक मोड हो ।
विविध कार्यक्रम :
बास नेपालको व्यानरमा थुप्रै कार्यक्रममा सहभागी भैरहेको छु । ती मध्ये स्मरणमा ताजा नै भएका थप सहभागिता निम्नानुसार छन् :
१. २०७६ फागुन ५ गते सोमवार नेपालगंजमा भेटघाट कार्यक्रमको आयोजना गरिएको थियो । सो कार्यक्रममा नेपालगंज भन्सार कार्यालय, प्रजिअ, सुरक्षा निकायका प्रमुखहरु, बासका पदाधिकारीहरु लगायतलाई आमन्त्रण गरिएको थियो । यसमा बास नेपालद्वारा सम्पादित कामको मूल्यांकन गरिएको थियो । यस्तो भेटघाट बास नेपालका अध्यक्ष, पूर्ब अध्यक्ष, कार्यकारी निर्देशकबाट सिआईजीपी कार्यालयमा पनि भईरहेको छ । उहांहरुले सिआईजीपीको रिट्रिट कार्यक्रममा पनि सहभागिता जनाउनु भएको छ ।
२. २०७७ असार ९ गते मंगलवार लकडाउनका बखत बासले जूम मिटिंगको आयोजना गरेको थियो । सो जूम मिटिंगमा म सहभागी भएको थिएँ । मेरो संयोजकत्वमा उत्कृष्ट निबन्ध छनौंट समिति गठन भएको थियो, सोही समितिले बास नेपालद्वारा आयोजित राष्ट्रव्यापी निवन्ध प्रतियोगिताको निर्णय गर्ने काम गरेको थिए । अनलाईन बैठकमा मैले प्रस्तुतीकरण गरेको थिएँ । बैठक उत्कृष्ट भएको थियो । यसरी बास नेपालबाट समयानुकुल संचालित हुनुपर्ने पाठ सिकेको थिए ।
३. २०७७ असार १४ गते आईतवार लकडाउनमा बासले जूम कक्षा संचालन गरेको थियो । मूलतः बास नेपालगंजले आयोजना गरेको भाषण कला विषयमा जूमबाट कक्षा संचालन गरेको थिएँ । सो कार्यक्रम र मेरो प्रस्तुती दुबै राम्रो भएको संझना छ ।
४. २०७७ साउन १४ गते बुधवार बासले सूचनाको हकको जूम कार्यक्रम संयोजन गर्यो । सो कार्यक्रममा नेपालगंजका सूचनाको हकका अभियन्ताहरु सहभागी थिए । सो सूचनाको हकको कार्यक्रममा म बक्ताको रुपमा सहभागी भए । कार्यक्रम रामो भयो । यसरी म प्रमुख सूचना आयुक्तमा हुंदा बासले आरम्भ गरेको सूचनाको हकसम्बन्धी कार्यक्रमलाई म पदबाट अवकाश हुंदा पनि बासले निरन्तरता दिएकोमा साधुवाद छ  ।
५. २०७७ साउन २५ गते आईतवार बासले नेपालगंजका सूचना अधिकारीहरुलाई तालिमको आयोजना गरेको थियो । बासको पहलमा बाके जिल्लाका सूचना अधिकारी, सूचनाको हकका अभियन्ता लगायत करिब ४० जनालाई सूचनाको हकको जूम बिधिबाट तालीम दिएको थिए । सहभागीहरु निकै खुसी हुनुभएको संझना ताजा नै छ ।
६. २०७७ भदौं ३ गते बुधवार बासले बर्दियाका सूचना अधिकृतलाई तालिम कार्यक्रम आयोजना गरेको थियो । यस्मा बर्दिया जिल्लाका सूचना अधिकारी, सूचनाको हकका अभियन्ता लगायत करिब ४० जनालाई सूचनाको हकको जूम बिधिबाट तालीम दिईएको थियो । म प्रशिक्षक थिए । सहभागीहरु निकै खुसी हुनुभएको संझना छ । यस्ता थुप्रै कार्यक्रमको संयोजन बासले गरेको थियो ।
७. २०७७ भदौं ३ गते बुधवारकै दिन बासद्धारा राष्ट्रय सूचना दिवसको कार्यक्रम आयोजना गरिएको थियो । यसरी, बाँके जिल्लामा बासद्धारा राष्ट्रिय सूचना दिवस मनाईएको थियो । सो कार्यक्रममा मैले सूचनाको हकको  बारेमा जानकारी दिएको थिए ।
८. २०७७ मंसीर २४ गते बुधबार बासले नेपालगंजमा भ्रष्टाचार बिरुद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा कार्यक्रम आयोजना गरेको थियो । सो कार्यक्रमममा तत्कालीन नगर प्रमुख डा. धवल शम्सेर राणा र प्रजिअ राम बहादुर कुरुंगवांगलाई सम्मान गरिएको थियो । सो कार्यक्रममा मैले भ्रष्ट्राचार बिरुद्धमा मन्तव्य समेत दिएको थिए ।
९. २०७७ पुष १५ गते बुधबार बास रुपन्देहीले भैरहवामा कार्यक्रमको आयोजना गरेको थियो । सो कार्यक्रममा कोटहीमाई गाउंपालिकाका जनप्रतिनिधि र कर्मचारीलाई मैले सूचनाको हक, सुशासन र सकारात्मक सोचको सत्र संचालन गरेको थिए । यसबाट सहभागीहरु निकै खुसी भएका
थिए  ।
१०. २०७८ असार ९ गते बुधवार बासद्धारा नेपालगंज उपमहानगर पालिकाको वडा नं.२ मा कार्यक्रमको आयोजना गरिएको थियो । सो कार्यक्रममा जुम विधिबाट मैले सकारात्मक सोचको सत्र संचालन गरको थिए ।
११. २०८१ माघ १० गते विहिवार दांगको भालुवांगमा सूचनाको हकसम्बन्धी कार्यक्रम आयोजना गरिएको थियो । बासद्धारा लुम्बिनी प्रदेशमा प्रमुख सचिव, सचिव र सूचना अधिकारीको लागि आयोजित उक्त कार्यक्रममा मैले सूचनाको हकको प्रशिक्षण दिएको थिए  ।
१२. २०८१ माघ १६ गते बुधवार नेपालगंजमा पुस्तक वार्ता कार्यक्रम राखियो । बासद्धारा आयोजित  कार्यक्रममा मेयर, सिडियो सहितको उपस्थिति थियो । सो कार्यक्रममा मेरो पुस्तक खुसीको गोरेटोमाथि छलफल भएको थियो । कार्यक्रम निकै उत्साहप्रद भएको थियो ।
स्थानीय पालिकाहरुमा कार्यक्रम :
बास नेपालले मुलुकका विभिन्न नगरपालिका र गांउपालिकामा कार्यरत जनप्रतिनिधि र कर्मचारीका लागि पालिका संचालन बिधि सम्बन्धी थुप्रै तालीम कार्यक्रम संचालन गरिआएको छ । ती कार्यक्रममा मैले प्रमुख प्रशिक्षक भै तालिम दिएको छ्ु । यस्ता कार्यक्रमहरुको व्यबस्थापन बासका पूर्व अध्यक्ष मन भण्डारीले गरिआउनु भएको छ । बासका सदस्यहरुमध्ये उहांसंग सबैभन्दा बढि अबधि साथमा यात्रा गरेको छु । अतिनै मिलनसार, शिष्ट र मेहेनती मन भण्डारी स्वयं कुशल प्रशिक्षक हुनुहुन्छ । उहांसंगको सहकार्यमा संचालन गरिएका प्रमुख कार्यक्रमहरु निम्नानुसार छन् :
(क) २०७७ चैत्र २० गते शुक्रवार मधुवन नगरपालिका, बर्दिया
(ख) २०७७ चैत्र २० गते शुक्रवार गुलरिया नगरपालिका, बर्दिया
(ग) २०७८ पुष ४ गते आईतवार ठाटीकांध गाउँपालिका, दैलेख
(घ) २०७८ पुष ५ गते सोमवार चामुण्डा विन्द्रासैनी नगरपालिका, दैलेख
(ड.) २०७९ साउन १५ गते आईतवार बारबर्दिया नगरपालिका, बर्दिया
(च) २०७९ भदौ २६ गते आईतवार दोधारा चाँदनी नगरपालिका, कञ्चनपुर
(छ) २०७९ मंसिर २१ गते बुधवार विनायक नगरपालिका, अछाम
(ज) २०७९ मंसिर २१ गते बुधवार कमलबजार नगरपालिका, अछाम
(झ) २०७९ मंसिर २२ गते विहिवार तुर्माखाँद गाउंपालिका, अछाम
(यं) २०७९ मंसिर २३ गते शुक्रवार खजुरा गाउँपालिका, बाँके
(ट) २०७९ पुष २३ गते ंशनिवार सिम्ता गाउंपालिका, सुर्खेत
(ठ) २०७९ पुष २४ गते ंआईतवार ठाटीकांध गाउंपालिका, दैलेख
(ड) २०७९ पुष २५ गते ंसोमवार गुरास गाउंपालिका, दैलेख
(ढ) २०७९ फागुन २५ गते विहिवार राप्ति सोनारी गाउपालिका, बाँके
(ण) २०७९ चैत्र १७ र १८ गते शुक्रवार र शनिवार भगवतीमाई गाउंपालिका, दैलेख
(त) २०८० साउन २० गते शनिवार डुडुवा गाउंपालिका, बाँके
(थ) २०८० पुष १५ गते आईतवार जानकी गाउंपालिका, बाँके
(द) २०८० पुष १६ गते सोमवार लेकबेशी नगरपालिका, सुर्खेत
(ध) २०८० पुष १७ गते मंगलवार गुर्भाकोट नगरपालिका, सुर्खेत
(न) २०८० माघ १३ गते शनिवार दुल्लु नगरपालिका, दैलेख
(प) २०८० माघ १४ गते आईतवार भैरबी गाउंपालिका, दैलेख
(फ) २०८० माघ १५ गते सोमवार डुगेंश्वर गाउंपालिका, दैलेख
(ब) २०८० फागुन ६ गते आईतवार अपिहिमाल गाउंपालिका, दार्चुला
(भ) २०८० फागुन १७ गते विहिवार गुलरिया नगरपालिका, बर्दिया
(म) २०८० चैत्र २४ गते शनिवार महावु गाउंपालिका, दैलेख
(य) २०८१ बैशाख ८ गते शनिवार नेपालगंज उपमहानगरपालिका, बाँके
(र) २०८१ बैशाख ९ गते आईतवार बराहताल गाउंपालिका, सुर्खेत
(ल) २०८१ असार २६ गते बुधवार गेरुवा गाउंपालिका, बर्दिया
(व) २०८१ असार २९ गते शनिवार शारदा नगरपालिका, सल्यान
(श) २०८१ असोज ३ र ४ गते विहिवार र शुक्रवार महाबु गाउंपालिका, दैलेख
(ष) २०८१ पुष १९ र २० गते शुक्रवार र शनिवार आठवीस नगरपालिका दैलेख
(ह) २०८१ फागुन २१ गते बुधवार ठाटीकाँध गाउंपालिका, दैलेख
(क्ष) २०८१ चैत्र ४ गते सोमवार राप्तिसोनारी गाउंपालिका, बाँके
(त्र) २०८२ जेठ १० गते शनिवार नारायण नगरपालिका, दैलेख
(ज्ञ) २०८२ जेठ १७ गते शनिवार गेरुवा गाउंपालिका, बर्दिया
(क१) २०८२ जेठ १७ गते शनिवार ठाकुरबाबा नगरपालिका, बर्दिया
(ख१) २०८२ भदौं ३ गते मंगलवार बर्दिवास नगरपालिका, सर्लाही
अन्त्यमाः आत्मियताको प्रसंग :
बास नेपालमा नमस्कार शाह र मन भण्डारीका अतिरिक्त प्रायः सबै पदाधिकारी, सदस्य र कर्मचारीसंग आत्मिय सम्बन्ध रहिआएकोमा गर्वको अनुभूति हुन्छ । पूर्व अध्यक्षहरु रमेश सिटौला र लुना बुढाथोकीसंग विशेष आत्मियता रह्यो । यसैगरी, वर्तमान अध्यक्ष शिब कुमार बर्मा मनभित्र हुनुहुन्छ । हेमराज भटृ, रबिन्द्र बोहरा, खुमेस सुबेदी, दिला शाह, कल्पना अधिकारी, सुरेन्द्र शाही, पाण्डब पुजारा, जोसिना थारु, धिरेन्द्र कुमार शाही, शोभा थापा मगर, प्रदिप बोहरा, भगवती बिसि लगायतका मित्रहरु आँखामा राखे पनि नबिझाउने हुनुहुन्छ ।
मैले जानीबुझीकनै आफु आलोच्य हुने ध्येयले यहां केहि सिमित नाम उल्लेख गरेको हुं । यसबाहेक सयौं बासका पदाधिकारी, सदस्य र कर्मचारीहरु मेरो अन्तर मनभित्र हुनुहुन्छ । यहां मैले नाम उल्लेख नगर्दैमा उहांहरु म बाट टाढा हुनुहुने होईन । यहि आत्मिय सम्बन्धका कारण म बास नेपालसंग निकट छु र भविष्यमा पनि यहि आत्मिय सम्बन्ध बनाई राख्न कोशिस गरिरहने प्रतिबद्धता व्यक्त गर्दे बास नेपालको उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।
(बास नेपालका सल्लाहकार बास्कोटा नेपाल सरकारको पूर्ब सचिव, राष्ट्रिय सूचना आयोगको पूर्ब प्रमुख आयुक्त हुन् ।)

  • २० पुष २०८२, आईतवार प्रकाशित

  • Nabintech