नेपालगन्ज । मंगल प्रसाद नमुना मावि नेपालगन्जका सञ्चालीत उद्घोषण तालिमको समापन भएको छ ।

बिद्यार्थीहरुको उद्घोषण कला प्रष्फुटन गर्ने उद्धेश्यले आयोजना गरिएको सात दिने उद्घोषण तालिम पौष २० गते सम्पन्न भएको हो। मंगल प्रसाद नमुना मावि नेपालगन्जको आयोजना तथा बास नेपालको सहजिकरणमा सम्पन्न तालिमको समापन कार्यक्रममा बोल्दै मंगल प्रसाद नमुना माबि नेपालगन्जका प्रधानाध्यापक सध्या गुप्ताले बिद्यार्थीहरुसँग अन्तरनिहित बोल्ने कलालाई उजागर गर्न तालिम प्रभावकारी भएको बताइन् । छोटो अवधिको तालिमबाट समेत बिद्यार्थीहरुमा राम्रो उपलब्धी देखिएको बताउदै तालिम सहजिकरण गर्ने बास नेपाललाई धन्यबाद ज्ञापन गरिन् । कार्यक्रममा बोल्दै बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार वर्माले सात दिने तालिमले सहभागिहरुमा आत्मविश्वास थपेको बताए । कार्यक्रममा बोल्दै बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले तालिममा सिकेको कुरालाई ब्यवहारमा लागु गर्न सबै सहभागिहरुलाई अनुरोध गरे ।

तालिमका सहभागि पूर्णीमा बस्यालले सञ्चालन गरेको तालिममा स्वागत बास नेपालका कार्यक्रम संयोजक रमिता शाहले गरेका थिए । तालिमको समापनमा सहभागि अनिमा यादव र सुमन बटालाले प्रतिक्रिया मन्तब्य राखेका थिए । तालिममा कक्षा, ९, १० र ११ का ३५ जना बिद्यार्थीहरुको सहभागिता रहेको थियो ।










