कुरो गत सोमबारको हो । म काम बिशेषले नेपालगञ्ज देखि दाङको तुलसिपर गएको थिए । सधै बाईकको यात्रा गर्ने म त्यस दिन मौसम चिसो र हुस्सु लागेकोले हाईसमा जाने निधो गरे । म मेरा मित्र वाटरपार्क बाट हाईसमा चढ्यौं । ११ बजे नेपालगञ्ज बाट हिंडेका हामी २ बजे तुलसिपुर पुग्यौं । १७ जना यात्रु बोकेर नेपालगञ्ज देखि तुलसिपुर गएको हाईसमा बेलुका नेपालगञ्जनै फर्किदो रहेछ ।
हामी तुलसिपुर उपमहानगरपालिका जानु पर्ने भएकाले हामी उक्त गाडीबाट उत्रेर पालिका तर्फ लाग्यौं । सोही क्रममा पछाडीबाट एक जनाले सर बेलुका नेपालगञ्ज फर्कने भए फोन गर्नुहोला हाम्रै गाडीमा जाउँला भने । यसो हेरेको गाडीको सहचालक रहेछन् । उनले हाम्रो नम्वर समेत मागे । साएद यात्राकै क्रममा हामीले एक आपसमा कुरा गरेको सुनेर नै होला हामी नेपालगञ्ज फर्कदै छौं भन्ने कुरा चाल पाएको ।
हुन्छ हामी काममा छौं, काम सकिएपछि फर्किउला नि त भनेर हामी पालिका भित्र गयौं । भित्र गएर हाम्रो भेटघाट सहित काम सक्यौं । नयाँ नम्बर बाट फोन आयो । फोन गर्ने मान्छेले भने काम सकियो ? सकिएको हो भने जाऔं । फोन गर्ने उनै गाडी सहचालक रहेछन् ।
हाम्रो काम सकिन समय लाग्छ अझै तपाईको समय भयो होला तपाईहरु जानुस् हामी अर्को गाडीमा आउँछौं मैले भने तर उनै चालकले भने ठिक छ सर काम सक्नुस् न त हामी पर्खिन्छौं । मैले सोचे आफ्नो नम्बरमा चल्ने गाडी होला हामी २ जनाको लागि किन पर्खनु परेको होला ?
हामी पालिकाको काम सकेर केही बेर बजारमा सोही ठाउँका साथीसँग भेटेर कफी खाँदै गफियौं ।
करिब ४ बजेर ३० मिनेट भैसकेछ हाम्रो काम पनि सकिएकाले अब गन्तब्य तर्फ लाग्ने योजना सहित अहिले सम्म त गाडी कहाँ रोकिएको होला सोच्दै फोन गरेको गाडी त हामीलाई कुरेर बसेको रहेछ, हामी भएकै ठाउँ गाडी आईपुग्यो ।
१७ जना यात्रू बोकेर तुलसिपुर गएको गाडी यदि हामी नभएको भए त खाली खाली फर्कने रहेछ । धन्न हामी २ जना यात्रु पाएर २ जनालाई मात्र बोकेर नेपालगञ्ज तर्फ गाडी फर्कियो । गाडीमा यात्रा गर्दै गर्दा गुरुजी सँग गफ गर्दै आउने मौका मिल्यो । उनी भन्दै थिए, आउँदामात्र हो सर यात्रु पाउनै जाँदा त खाली खाली नै जानुपर्छ । दिनभरीको लगानीनै उठ्दैन । तेलको भाडा, बैकंको किस्ता, चालक र सहचालकलाई तलब कसरी ब्यवस्था गर्नु । त्यसैमा रोचक कुरा त के रहेछ भने बाटो बाटोमा बसेका ट्राफिकलाई महिनावारी बुझउँदा उनीहरु हैराननैं रहेछन् ।
यात्रामा बिभिन्न बहानामा ट्राफिकलाई पैंसा बुझाउनु पर्ने गरेको तितो यथार्थ उनले सुनाए, पैंसा नदिए अनेकन दुःख दिने गरेको उनको भनाई थियो । नभन्दै कोहलपुरको चप्परगौडी भन्दा अलि अगाडीको पेट्रोलपम्प नजिक गाडीको ब्रेक लाग्यो । एसो हेरे गाडी बाहिर बाट ट्राफिकले संकेत गरेछन् चालक फुत्त झरेर गाडी पछाडी गएर पैशा दिई पुन गाडीमा चढेको मैले आफै देखें । यस्तो बाध्यता कहिले सम्म ? यस तर्फ कसको ध्यान जाने ?









