६ प्रश्नमा गायक बिबेक श्रेष्ठ

असल शासन प्रतिनिधि

बिबेक श्रेष्ठ
गायक
१. तपाईँको जीवनको आदर्श के हो ?
– भगवान् बुद्धद्वारा उपदेशित वाणी “अप्प दीपो भव” नै मेरो जीवनको आदर्श हो अर्थात् आफैं आफ्नो मार्गदर्शक बन्नु, आत्मप्रकाशमा अघि बढ्नु ।

२. कसको उत्प्रेरणाले तपाईँ यहाँसम्म आइपुग्नु भयो ?
– जीवनका संघर्ष, मेरा परिवार, साथी संगीको माया र साधारण मानिसका असाधारण कथाहरूले मलाई यहाँसम्म ल्याएका हुन् ।

३. तपाईँले समाजका लागि के गरिरहनु भएको छ ?
– संगीत र भावनाको माध्यमबाट मानिसलाई जोड्ने, सोच्न बाध्य बनाउने र आशा जगाउने प्रयास गरिरहेको छु ।

 ४. तपाईँको जीवनको अविस्मरणीय क्षण ?
– जब मेरो सिर्जनाले कसैको आँखामा आशा, आत्मबल वा मुस्कान ल्याउन सक्छ । विशेषगरी, दर्शक–श्रोताले मेरो संगीतमा आफ्नै जीवनको कथा देखेर भावुक भएका क्षणहरू मेरो मनमा सधैँ अमिट छन् ।

५. तपाईँको बुझाइमा असल शासन भनेको के हो ?
– असल शासन भनेको पारदर्शिता, जवाफदेहिता र जनमुखी सोच हो । जहाँ नेतृत्वले शक्ति होइन, जिम्मेवारी बोक्छ, जहाँ नीति जनताको जीवन सहज बनाउने दिशामा केन्द्रित हुन्छ, र न्याय, समानता तथा अवसर सबैका लागि सुनिश्चित गरिन्छ ।

६. समाजका लागि तपाईको प्रतिबद्धता के हो ?
– म समाजका लागि संगीतको माध्यमबाट चेतना र शिक्षा फैलाउने, सांगीतिक प्रतिभा विकासमा योगदान गर्ने, र समुदायमा सकारात्मक ऊर्जा ल्याउन प्रतिबद्ध छु ।

  • २८ पुष २०८२, सोमबार प्रकाशित

  • Nabintech