काठमाडौंका मेयर बालेनले दिए राजीनामा

कार्यबाहक प्रमुखमा सुनिता डंगोल

असल शासन प्रतिनिधि

काठमाडौं /काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले राजीनामा दिएका छन् । मेयर शाहले आक्ष्तबार उपप्रमुख सुनिता डंगोलसमक्ष राजीनामा बुझाएका हुन् ।

शाह केहीबेरमा रास्वपा केन्द्रीय कार्यालय पुग्ने खवर प्राप्त भएको छ । रास्वपा केन्द्रीय कार्यालयमा दिउँसो १ बजे नै पुग्ने भनिए पनि उनी राजीनामा लगायतका विषयमा दोधारमा परेपछि केहीबेर ढिलो भएको बताइएको छ। रास्वपा प्रवेश गरेर बालेनले झापा–५ बाट निर्वाचन लड्ने तयारी गरेका छन् । हाल उनी रास्वपाका वरिष्ठ नेता हुन् ।

मेयर शाहले राजिनामा दिएसंगै महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले कार्यबाहक प्रमुखको जिम्मेवारी पाएकी छिन् । मेयर बालेन शाहले पदबाट राजीनामा दिएलगत्तै उनले स्वत कार्यबाहकको जिम्मेवारी पाएकी हुन् ।

स्थानीय सरकार सञ्चालन ऐन–२०७४ अनुसार, उनले कार्यबाहकको जिम्मेवारी पाएकी हुन् । मेयरले पदबाट राजीनामा पाएपछि स्वत उपमेयरले कार्यबाहक पाउने व्यवस्था ऐनमा छ ।

 

  • ५ माघ २०८२, आईतवार प्रकाशित

  • Nabintech