अछामको कमलबजार नगरपालिकामा पुग्यो बास टिम

७५ जना महिला तथा किशोरीलाई बासले बाँड्यो किट ब्याग्स

असल शासन प्रतिनिधि

नेपालगञ्ज / फ्रिडम किटब्याग्स युकेको आर्थिक सहयोगमा बास नेपालले सोमवार अछाम जिल्लाको कमलबजार नगरपालिकाम फ्रिडम किट ब्याग्स बितरण तथा समुदायिक शिक्षा कार्यक्रममा दिएको छ ।

कार्यक्रममा कमलबजार नगरपालिकाका ७५ जना महिला तथा किशोरीहरूलाई फ्रिडम किट झोला ( पुन प्रयोग गर्न मिल्ने सेनेटरी प्याड ) बितरण गरिएको थियो भने उक्त फ्रिडम किटब्याग्स प्राप्त गर्दा उनीहरूको खुशी हेर्नु साँच्चै नै एक दृष्य थियो ।

कार्यक्रममा अतिथिहरू र सहभागी महिला तथा किशोरीहरूले जिल्लाको ग्रामीण क्षेत्रमा शिक्षा प्रदान गर्न र वितरण गर्न सहयोग गरेकोमा बास नेपाललाई धन्यवाद दिए । उनीहरूले प्याड किन्न नसक्ने वा पहुँच नभएका ग्रामीण महिलाहरूका लागि महिनावारी धेरै पीडादायी हुने बताए । फ्रिडम किट ब्याग्स प्राप्त गर्नाले महिनावारीको समयमा भोग्नु पर्ने समस्याहरूलाई सम्बोधन गर्न मद्दत पुग्ने सहभागीहरुले आशा व्यक्त गरेका थिए ।

उक्त कार्यक्रममा फ्रिडम किट ब्याग्स परियोजनाकी ब्यवस्थापक रमिता शाहले सामुदायिक शिक्षा कार्यक्रम दिएकी थिईन भने ब्यवस्थापक शाह र बास नेपालकी प्रशासन सहायक सुमिता कुमालले फ्रिडम किट ब्याग्स प्रयोग बिधिबारे कक्षा दिएका थिए ।

कमलबजार नगरपालिकाका नगर प्रमुख यज्ञ बहादुर ढकालको प्रमुख आथित्यतामा सञ्चालन गरिएको उक्त कार्यक्रममा कमलबजार नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लोक बहादृर शाह, बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाह ,  बास नेपालका लेखा सहायक प्रदिप बोहरा, पालिकाका बिभिन्न शाखाका प्रमुखहरुको उपस्थिति रहेको थियो भने कार्यक्रम ब्यवस्थापनको समन्वय कमलबजार नगरपालकाका सवास्थ्य शाखा प्रमुख चक्र बहादुर बिष्टले गरेका थिए ।

कार्यक्रमका प्रमुख अथिति र अथितिबाट सहभागी महिला तथा किशोरीहरुलाई फ्रिडम किट ब्याग्स बितरण गरिएको थियो भने आफुहरुले निशुल्क रुपमा किट ब्याग्स प्राप्त गर्दा कार्यक्रमको आयोजक सस्था बास नेपाललाई खुलेरै प्रशसा गरेका थिए । साथै उक्त फ्रिडम किट ब्याग्स बितरण पश्चात कार्यक्रममा आफनो भनाई राख्दै कार्यक्रमका अथितिहरुले यस कार्यक्रमबाट उक्त किट ब्याग्स स्थानिय स्तरमा उत्पादन तथा खपत गर्न पालिकका बाट बजेट बिनियोजन गरेर कार्यक्रमलाई प्रभावकारी रुपमा अगाडी बढाउने आश्वाशन दिएका थिए ।

  • २० माघ २०८२, सोमबार प्रकाशित

  • Nabintech