बैतडीमा बिहीबार राती भएको बस दुर्घटनामा ज्यान गुमाउनेहरूको परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले एकरएक लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले मृतकका परिवारलाई राहत स्वरूप एक, एक लाख रुपैयाँ प्रदान गर्ने निर्णय भएको बताएको छ। प्रदेशका अनुसार दुर्घटनामा घाइते भएकाको सरकारी अस्पतालमा निःशुल्क उपचार गर्ने निर्णय समेत गरिएको छ ।
बिहीबार साँझ बैतडीको पुर्चौडी नगरपालिका– ७ भौनीबाट जन्ती लिएर बझाङ फर्किने क्रममा सुपप्र ०२–००१ ख १११९ नम्बरको बस दुर्घटना भएको थियो । जन्ती बोकेको बस दुर्घटना भई १३ जनाको ज्यान गएको छ भने दुर्घटनामा परी ३४ जना घाइते भएका छन् ।









