प्रगतिशिल लोकतान्त्रिक पार्टी (प्रलोपा) बाट रुपन्देही–३ मा फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार गोविन्द काराखेतीलाइ पार्टीले निष्कासन गरेको छ।
पार्टी हित विपरीतका व्यक्तिवादी गतिविधिमा संलग्न भएको भन्दै उनलाई पार्टीले पार्टीबाट निष्कासन गरेको हो । प्रलोपा रुपन्देही इन्चार्ज पंकज राईद्धारा जारी गरिएको शुक्रमार्फत काराखेतीले पार्टीको नीति, सिद्धान्त र विधानको गम्भीर उल्लंघन गरेको पुष्टि भएपछि पार्टीबाट निष्कासन गरिएको उल्लेख गरिएको छ ।
उम्मेदवार बनेपछि काराखेतीले पार्टीका नेताहरूसँग अनुचित तरिकाले रकम माग गरेको र आफ्नै श्रीमती जयन्ता काराखेतीलाई श्रम संस्कृति पार्टीबाट समानुपातिक उम्मेदवार बनाएको पाइएकाले निष्कासन गरिएको विज्ञप्तिमा उल्लेख छ ।
काराखेतीलाई निष्कासन गरेपछि रुपन्देही–३ मा पार्टीको उम्मेदवार नहुने भएकाले अब कसलाई समर्थन गर्ने वा के गर्ने भन्ने विषयमा पार्टीको वैठकले छिट्टै निर्णय गर्ने जिल्ला इन्चार्ज राईले बताएका छन् ।
‘









