नेपालगन्ज । बास नेपालको ५२औं पूर्ण कालिन बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ ।
बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार वर्माको अध्यक्षतामा नेपालगन्जमा उक्त बैठक फागुन ६ गते सम्पन्न भएको हो ।
देशभरीका पदाधिकारीहरुको सहभागिता रहेको बैठकले संस्थाका कार्यकारी निर्देशक नमस्कार शाहले प्रस्तुत गरेको प्रगति, उपाध्यक्ष खुमेश सुवेदीले पेश गरेकोे सांगठनिक प्रतिबेदन र कोषाध्यक्ष धिरेन्द्र शाहीले पेश गरेको आर्थिक प्रतिबेदन पारिद गरेको छ । यसैगरी संस्थाको सचिवालय बैठकले गरेका निर्णहरुलाई अनुमोदन गरेको छ ।

बैठकले हरेक शनिवार भ्रष्टाचार बिरुद्ध सन्देस प्रवाह गर्ने उद्धेश्यले सामाजिक सञ्जालमा भ्रष्टाचार बिरुद्धका सन्देस प्रवाह गर्ने, संस्थाका केन्द्रीय पदाधिकारीको पोषाक तयार गर्ने, आसन्न प्रतिनिधी सभा सदस्य निर्वाचनका लागि पर्यबेक्षकहरुलाई अभिमुखिकरण प्रदान गर्ने तथा निर्वाचन सचेतनाका लागि सामाजिक सञ्जाल मार्फत सचेतना अभियान सञ्चालन गर्ने, बास नेपालको सदस्यतालाई अनलाईन सिष्टममा लैजाने, संस्थाको भवन निर्माणका लागि अभियान सञ्चालन गर्ने, आगामी पूर्णकालिन बैठक अगाडी भैरहवा, सुर्खेत, धनगढी, दाङ, कास्की, प्युठान, झापा, बर्दिया, दैलेख र बाँकेमा सुशासन र भ्रष्टाचार विरुद्ध जिल्ला स्तरिय सरोकारवालासँग अन्तक्रिया कार्यक्रम सञ्चालन गर्ने, सञ्जालीकरणको सशक्तिकरणमा ध्यान दिने, बास नेपालका कार्यसमिति र कर्मचारीहरुलाई बैशाखमा सार्वजनिक सुनुवाई सम्बन्धी तालिम सञ्चालन गर्ने, चौमासिक अवधिमा मासिक साझाँ कार्यक्रम अन्तरगत फागुनमा होली मिलन, चैत्रमा भ्रष्टाचार बिरुद्ध बिद्यार्थी जागरण, बैशाखमा झण्डा दिवस, जेष्ठमा विश्व धुम्रपान निशेध दिवस, असारमा अन्तराष्टिय लागु पदार्थ तथा अवैध तस्करी नियन्त्रण दिवस, वातावरण दिवस र साउनमा युवा दिवस गर्ने निर्णय गरेको छ ।
यसैगरी बैठकले विभिन्न क्षेत्रमा पदोन्नती भएका बासका पदाधिकारीहरुलाई बधाई ज्ञापन गर्ने निर्णय गरेकोछ, आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सन्दर्भमा बास नेपालको तर्फबाट सार्वजनिक अपिल गर्ने र संस्थाको ५३औं कार्यसमिति बैठक २०८३ भाद्र ५ र ६ गते गर्ने निर्णय गर्दै बैठक सम्पन्न भएको छ ।









