नेपालगन्ज वाटरपार्कमा १०० किलो बढि प्लाष्टिक फोहोर

रविन्द्र बोहरा

नेपालगन्ज/१६ फागुन

नेपालगन्जको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको वाटरपार्कमा १०४ किलो बढि प्लाष्टिक भेटिएको छ । नेपालगन्जको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको वाटरपार्कमा १०४ किलो बढि प्लाष्टिक भेटिएको छ । बास नेपालले फागुन १६ गते शनिबार सम्पन्न गरेको सरसफाई कार्यक्रममा उक्त फोहोर भेटिएको हो । बाँके जिल्लाको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको वाटरपार्क लामो समयदेखि सरसफाईको अभावमा रहेको थियो । बास नेपालको हरित नेपालगन्ज सामुदायिक फोहोर रुपान्तरण कार्यक्रम अन्तर्गत संचालन गरिएको कार्यक्रममा वाटरपार्कको वरिपरिको क्षेत्र सरसफाई गरिएको हो ।

बास नेपालको तालिम प्राप्त २० जना स्वयंसेवहरु, कार्य समिति सदस्य तथा नेपालगन्ज उपमहानगरपालिका वडा नं. १ का सरसफाईकर्मीद्धारा संयुक्त रुपमा संचालन गरिएको सरसफाई कार्यक्रममा १०० किलो बढि प्लाष्टिक संकलन गरिएको छ ।
वाटरपार्क क्षेत्रमा रहेको फोहोरलाई संकलन गरी वर्गीकरण गर्नुका साथै पुन प्रयोग गर्ने सकिने र नसकीने फोहोरलाई छुट्टा छुट्टै व्यवस्थापन गरिएको छ । यसरी संकलन गरिएको फाहोरमा ४५ किलो प्लाष्टिक, २५.३५ किलो काँच, ६.४७ किलो प्लाष्टिक बोतल, २८.१६ किलो विविध मिसावाट गरिएको फोहोर गरी जम्मा १०४.९३ किलो फोहोर रहेको छ ।


संकलन गरिएको फोहोरको सुरक्षित व्यवस्थापनको लागि वडाको समन्वयमा ल्याण्डफिल्ड साइटमा लगिएको छ ।
कार्यक्रममा बास नेपालका कार्यक्रम अधिकृत रबिन्द्र बोहराले फोहोरलाई कसरी वर्गिकरण गर्ने र त्यसको व्यवस्थापनबारे जानकारी प्रदान गरेको थिए । बास नेपकालका परियोजना संयोजक मन भण्डारीले सहभागिहरुलाई स्वागत गर्दै फोहोर व्यवस्थापनको दिगो उपाए बारे जानकारी प्रदान गरेका थिए ।

  • १६ फाल्गुन २०८२, शनिबार प्रकाशित

  • Nabintech