पवनको सम्झनाले रातभर तड्पायो । छुट्टिनुअगाडि उसले मेरा हातमा थमाइदिएको सेतो कागजको चिर्कटोमा लेखिएका सुन्दर अक्षरहरू शब्दको रसिलो गुञ्जन बनेर अनायास मेरा कानमा ठोक्किएजस्तो महसुस भयो, म अनायासै मुस्कुराएँ । मातापिताले सत्र वर्षकै उमेरमा रोहनकी बेहुली बनाएर पठाएको पनि चौध वर्ष बितिसकेछ । रोहनसँग मेरो जीवनको गाडी कर्तबयका थबुप्रै पहाडहरू बोकेर गुडिरह्यो, जहाँ आफ्नो भागको काम, कर्तव्यबाहेक केही थिएन । जीवनको लम्बाइ, चौडाइ, उचाइ मापन त मैले रोहनसँगै गरेकी हुँ तर जीवनको गहिराइसँग परिचित हुन सकेकी रहिनछु । जीवन मापन गर्दागर्दै जब मैले आफूले भोगेको जिन्दगीतिर फर्केर हेरे, त्यहाँ सपाट सतह मात्र थियो, कुनै गहिराइ भेट्न सकिनँ । मलाई आफ्नै जीवनको गहिराइ चिनाउन हावाको झोक्काझै आइपुग्यो पवन । उसले हल्लायो मेरो जीवनका हाँगाबिगा, मुर्भाएका पातहरू फररर भुइँमा खसे र नयाँ मुना पलाउन थाले ।
पवनसँग भेट भएको धेरै भएको छैन, मात्र ६–७ घण्टाअति गाडीमा यात्रा गर्दागर्दै भएको थियो परिचय । सामान्य भेटले पनि मनमा कस्तो उफान ल्याउँदो रहेछ कहिलेकाहीँ । पहिलो नजरले नै दिमागमा कस्तो भूचाल उत्पन्न गर्दो रहेछ ? जिल्लिएँ । अचम्मित भएँ म ।
अनौठो थियो त्यो यात्रा । प्रेमका अङ्कुरहरू नजानिदो ढङ्गले उम्रदा रहेछन् असमयमा पनि । प्रेम टुसाउन हिउँद, वर्षा, ग्रीष्म जा शरद्को प्रतीक्षा गर्नुपर्दो रहेनछ । पवनका आँखासँग आँखा ठोकिँदा तीव्र प्रवेगको कम्पनले जसरी मेरो देहयष्टि थर्थरायो, लोग्नेसँग रातभर चेप्टिएर सुत्ता पनि जीवनमा कहिल्यै त्यस्तो अनुभूति हुन सकेको थिएन । गाडी आफ्नै गतिमा गुडिरहेको थियो । सुमधुर सङ्गीतको कर्णप्रिय ध्वनिले प्रेमिल बनाइरहेको थियो यात्रा । त्यो यात्रा, ओहो । कति मदहोस थिएँ म यात्राभरि । मेरा आँखा अनौठो पाराले उतैतिर तानिएका थिए । पवनको मादक हेराइले मेरो शरीरमा कम्पन पैदा गराइरहेको थियो ।
बसभित्र मान्छेहरूको ठेलाठेलले पनि हाम्रो हेराइलाई छेकबार लाउन सकेको थिएन । मान्छे मान्छेबिचका कापहरूबाट हामी एकअर्कालाई हेर्दै मुस्कुराइरहेका थियौं– मानौ, हाम्रो चिनजान पूर्वजन्मदेखिको हो । गाजलु ती ठुलाठुला आँखा, तीर बनी बसे यो दिलैमा गुलाम अलीको सुरिलो स्वरमा बसभित्र घन्किएको गीत मेरै लागि पवनले गाएजस्तो लाग्यो र उसलाई हेर्दै लजाएँ । यो प्रेमानुभूति पनि गज्जब हुँदो रहेछ– आफ्नै पुरानो साथीजस्तो । मनभित्रको झङ्कारजस्तो । मुटुको ढुकढुकीजस्तो । पवन मलाई पटक पटक हेरिरहेको थियो । आफूसँगै बसिरहेका साथीहरुसँग कुरा गर्दै हाँस्ता नजर कहिल्यै नहटाई हेरिरहुँजस्तो लाग्ने कति चित्ताकर्षक व्यचित्य । मनको तलाउमा प्रति अनौठा संपूर्ण भावतरङ्ग उठिरहे । मेरो मन आग्रह गरिरहेको थियो–उसलाई यसैगरी अविरल हॉसिरहने, मुस्कुराइरहने वहाना मिलिरहोस, उसलाई यसै गरी हेरिरहुँ एकटक चकोरले चाँदनीलाई अपलक निहारिरहे। साँच्चै जीवनमा कुनै पलहरू कति मिठा भएर आउँदा रहेछन् । मैले यो स्टमा भिन्न भिन्न बस र हाइसहरूमा लामो समयदेखि नियमित यात्रा गरेकी छु । गाडीको गति बढिरहँदा आँखा चिम्लिएर बस्नु र गन्तव्यमा कति बेला पुगिएला भनेर सोचिरहनु मेरो दिनचर्या हुन्थ्यो। गाडीबाट ओर्लिने र चढ्ने यात्रुको निडभाड र होहल्लाले इन एकतमासको हुन्थ्यो । ’कहिले घर पुगी सोफामा गजक्क परेर बस्न पाइएला भन्ने लाग्थ्यो । तर, आज अनौठो घटना भयो । थाहै सगाई चोरले मेरा आँखाबाट सुरुङ खन्दै मन, मुटुमा प्रवेश गरी चैन बोरेर बेचैन बनायो । म रित्तिएँ, एकै पलमा खाली भएकी थिएँ । मिन्न अनुभूतिको यो स्वाद मैले खोजेको मिठासभन्दा पनि गुलियो र सादिलो थियो । मलाई यस पटक आँखा बन्द गर्न मन लागेन, न त निजी, भझर्को नै लाग्यो ।
घर पुगी सोफामा लमतन्न भएर थकाइ गर्ने सोच पनि आएन । आज म बसको सिटमै गाडिएकी थिएँ । हामीबिच आँखाको लुकामारी भए पनि प्रत्यक्ष संवाद हुन सडेको थिएन । व्यग्र मनमा लागिरहेथ्यो– उसको नाम, काम, घर, घर के र कहाँ होला ? एक पटक त सोध्न पनि खोजे तर हातगोडा रहे फतक्क । ओठ थर्थराए । गलामा गाँस अड्केजस्तो भयो । म बोल्न सकिनँ, मात्र उसका आँखासँग आँखैले बात मारिरहे । बस आफ्नै गतिमा गुडिरहेको थियो । झ्यालबाट हेर्दा हराभरा स्नाहदगल र हरिया फाँटहरू देखिन्थे । पहिलेदेखिको निरन्तर रात्रामा पनि यसअगि मैले कहिल्यै ख्याल गरेकी रहिनछु सायद– सडकछेउमा यति रमणीय जङ्गल, हरिया चौर रहेछन् । आज जता हेरे पनि संसार अर्कै लागिरह्यो । हरियो चौरमा ऊसँग बसेर जीवनका सारा थकाइ मेटुजस्तो । उसलाई अँगालो हाला वर्षीदेखि उकुसमुकुस भएका मनका गुम्फनहरू मुक्त गरूँजस्तो । अककजुलीको कचौरा तेध्र्याएर प्रेमको भिख मागूँजस्तो । उसको काखमा शिर राखेर मनको बह पखाल्दै डाँको छोडेर रोइदिउँजस्तो। कस्तो मिठो अनुभूति। साँच्चै म प्रेमको अतल रहमा डुब्न थालेकी थिएँ । खै, कस्तो आकर्षण होला यो ?
उसका लागि मेरो मनभित्र प्रेमभाव जन्मिएर हुर्कदै जवान भएको थियो । कालो ज्याकेटभित्र सेतो सर्ट, सर्टका माथिपट्टिका दुइटा टाँक खुला थिए । तिनको मध्यभागबाट उसको सुन्दर काया चिहाइरहेको थियो मेरो मुहार–आहा कस्तो विशाल छाती, कस्तो पुष्ट शरीर, कति सुन्दर देखिएको अनुहार पनि । कस्ता मिलेका ओठ, गाला, आँखा, निघार कपाल। खै किन हो, उसका सबै अङ्गप्रत्यङ्ग राम्रा लागिरहे । बोल्दा देखिने हिउँजस्ता उसका सेता दाँत चमचम चम्कन्थे । अनुहार पनि कति चिटिक्क परेको। मलाई मन पर्ने क्याडबरीजस्तो । मनमा किन यी यावत् कुरा खेलिरहेका होलान् ? म मन समाल्न खोज्छु तर झन्झन् पोखिँदै जान्छु पग्लिएर । मनभित्र उठिरहेको भावले मलाई अथाह खुसीको अनुभूति दिइरहेको थियो । म बितिरहेको आफ्नै जीवन सम्झन थाले । पछिल्तिर फर्केर नियाले ओहो । कस्तो उदास मेरो जिन्दगी। रोहनसँग मायाका यस्ता भावहरू कहिल्यै आएनन् । उसका लागि सधै आफ्नो काम, अफिस र साथीहरू महत्त्वपूर्ण रहे । कार्यालयका काम पनि घरमा ल्याएर रातिसम्म गन्यो अनि सुत्यो । उठेर फेरि त्यही काम । चाडपर्वमा पनि रोहन साथीहरूसँग रमाइलो गथ्र्यो । म खाली उसका लागि सोच्ने र घरव्यवहार गर्ने जिम्मेवार श्रीमती मात्रै रहे । कहिल्यै उसकी प्रेयसी, प्रिया वा आत्मीय साथी बन्न सकिनँ । कहिलेकाहीँ उदास हुन्थे ।
जिन्दगी उजाड लाग्थ्यो, जहाँ जीवन जिउनुको कुनै उत्तास छैन रोमाञ्च छैन हाँसो र सजगीत छैन– रुखो सुक्खा रङ्गाहीन । एउटै थलोमा एउटै घेराभित्र एउटै धुनमा दिनदिनै जिन्दगी अटाउनु मुस्किल भएझै लाग्थ्यो । जीवन भनेको गति हो, जो अटुट नालायमान हुन्छ तर तलाउजस्तै जमेर बस्यो मेरो जिन्दगी । जीवन सिर्जनाजस्तो नवीनता चाहन्छ सधै । अग्लिन चाहन्छ, फैलिन बहन्छ। जीवन नदी हो, जहाँ सानाठूला खोलाहरू मिसिन्छन र नदीको शक्ति र सामथ्र्यलाई नयाँ उचाइ दिन्छन् । कसैले रोक्न सीन नदीको प्रवाह । अग्ला पहाडमुनि सेघ लाउँदै नदी गतिमय हुन्छ । जीवनमा म पनि नदीमैं गतिमय हुन चाहन्थे । हरपल अल्लाहले भरिन चाहन्थे । जीवनको नयाँ क्षितिज खोज्न चाहन्थे तर जीवन एउटै मियोवरिपरि घुमिरहेको कोलजस्तै भइरह्यो । घडीको मुईजस्तो एकनास जीवनको चक्कर काट्ता काट्ता मेरो जीवनको हुई पनि शून्यमा गएर थामिएको थियो । म गतिहीन भइसकेकी बिएँ, थकित, असहाय । खै किन हो, आज जीवनमा नयाँपन आउँदै थियो । मन स्दै थियो– यो यात्रा कहिल्यै नसकियोस् । अनन्त होस् जीवनको वो निरन्तर यात्रा । त्यो सुन्दर मान्छेले मलाई मायालु नजरले हीरहोस् । मेरा आँखाको भाका बुझन् उसका आँखाले । झमक्कै सौक परोस् । त्यो साँझ ऊ मेरोसाथ होस् । उसको हात समातेर र मनिहुँ– जाऊँ त्यो डाँडामाथिको निलो आकाशको गहिराइमा । ताणहरू चम्किरहेको बादलु देशमा उड्दै जाऔं तिमी र म फेरि बहिल्यै नफर्किने गरी ।
सुन्दर कल्पनामा उडान भर्दा आफैलाई बिर्सिएछु । रोहनसँगको यासलाग्दो जीवन चटक्क भुलेर अर्कै मिठो संसारमा हराएँछु । राहगीरी आऊँमा डुबिरहँदा समय बितेको पत्तै भएन । गाडी रोकियो । झर्ने यात्रीहरू तँछाडमछाड गर्न थाले । मेरो पनि यात्रा सकियो । हुन त समय रोकेर राख्न चाहन्थें तर त्यो सम्भव थिएन । आफ्नो ब्याग समाएर झरिरहँदा उसलाई ढोकैमा देखेर लजाएँ– सायद उसले मेरो मन छामिसक्यो कि !
उसले मेरो ब्याग समाउन सहयोग गर्दै भन्यो– तपाई पनि यहीँसम्म हो र ? हो हजुर । म उसको छेवैबाट ओर्लदा ढलमलाएँ, लड्छु कि जस्तो भयो मलाई । उसले हातको सहारा दियो । त्यो स्पर्शले निकै थर्थराएँ । ऊसँगको सामीप्य र उसको सासको गन्धले लट्ठ्यायो मलाई । वर्षों पुरानो नाता जोडिएजस्तो अनुभूतिले रोमाञ्चित भएँ । छुट्टिने बेला उसले मेरो हातमा कागजको चिर्कटो थमाएर हात जोड्दै भन्यो– ’तपाईंसँग भेट गर्न पाउँदा खुसी लाग्यो । आशा छ. फेरि छिट्टै भेट्नेछौ । हवस् त, धन्यवाद । तर प्रतिउत्तरमा मेरो मुखबाट बोली फुटेन, बोल्नै सकिनँ । वकलाटो भएर उसलाई हेरिरहे मुग्धतामा । ऊ मुस्कुराउँदै गयो । मैले हातमा हेरें, सेतो कागजको चिर्कटोमा केही लेखिएको थियो । मलाई हेर्न हतार भयो तर नजिकै बजेको गाडीको चर्को हर्नले रोकिन सकिनँ । हतार हतार घरतिर हिँडे । म घर पुग्दा रोहन सोफामा बसेर ल्यापटपमा काम गर्दै थियो । म भित्र पसे । उसले एक नजर हेरेर भन्यो– ’कस्तो ढिलो गरेको? छिटो खाना बनाऊ । म सरासर बेडरूम गएँ र कपडा पनि नफेरी उसले दिएको कागज पल्टाएर हेरे । सुन्दर अङ्ग्रेजी अक्षरमा लेखिएको थियो–’आई लभ यु– पवन । सम्झना सलबलाए, तरङ्गित भएँ म । ओहो पवन । मेरो बालसखा कागज अफ नियालेर हेरे, मोबाइल नम्बर पनि रहेछ । पुराना त होइन ? म अचम्मित भएँ । मन खुसीले मात्तिन थाल्यो ।
ऐनाअगाडि उभिएर हेर्दा आफूलाई साँच्चै सुन्दर देखे बिचको कोमल गुलाफजस्तो । सुन्दर महलमा बस्ने राजकुमारी । वर्गकी परी । मैले आफूलाई हेरिरहे । मोबाइल हातमा लिएर फोन लाग्यो । उच्च उत्साहले मोबाइलमा नम्बर थिच्न खोजें तर रहिन। अचानक आँखाअगाडि रोहनको अनुहार आयो– उफ । म रोहनकी श्रीमती पो त, अनि काजीसाबकी बुहारी । मेरो मुटु थरर्र भयो । म छिटो छिटो कपडा फेरेर भान्छातिर लागे। भान्छामा काम गर्दा पनि मेरो मन त्यसै प्रफुल्लित थियो । स्मृतिमा कता कता पवनले लेखेको प्रेमपत्र झल्कियो ।
१४–१५ वर्षको उमेरमा पवनले लेखेको पहिलो प्रेमपत्र थियो यो। स्मृतिका डोबहरूमा छापिएका केही दृश्यहरू धमिलो छायाजस्तै प्रकट भए । म त्यो साँझ एक्लै मुस्कुराइरहे । ममा आएको परिवर्तन रोहनलाई यादै भएन । मेरो खुसी र दुखका भावनाहरू कहिले पो बुझेको छ र रोहनले । बाना पाक्यो, खायौ । रोहन टेलिभिजन हेर्न बस्यो । म ओछ्यानमा पल्टिएर जीवन कल्पिन थाले, मैले जीवन सम्झै । रोहनसँगको दाम्पत्य गम्भीर भएर पर्गेल्न धाले । अप्ठ्यारो भूमरीमा खसेजस्तो लाग्यो आफ्नो जीवन, उजाड मरुभूमिमा पानीको तृष्णाले तड्पिरहेको मृगजस्तो । मेरो श्वास केराइको गतिमा चित्कार थियो– जीवन किन यति अप्ठ्यारो हैं ? रोहनसँगको मेरो जीवन खुला कारागार हो । सबै खुला थियो तर मानसिक रूपमा बन्दी थिएँ म । मूल्यवान् मखमली बिछौनामा सुतेर पनि म बगरमा छटपटाइरहेको माछोझै थिएँ ।
राति रोहन आयो । म मस्त निदाएझै अभिनय गर्दै चुपचाप सुतिरहे । पवनको सम्झनामा हराइरहेकी म आज सिर्फ उसैकी हुन बाहन्थे – मेरो सुन्दर शरीर पवनबाहेक कसैले नछोओस् । म आफ्नो पदनकै लागि यो सुन्दर काया समालेर राखेँ । पवनले बाँधोस् आफ्नो ऐनाअगाडि उभिएर हेर्दा आफूलाई साँच्चै सुन्दर देखे बिचको कोमल गुलाफजस्तो । सुन्दर महलमा बस्ने राजकुमारी ।
वर्गकी परी । मैले आफूलाई हेरिरहे । मोबाइल हातमा लिएर फोन लाग्यो । उच्च उत्साहले मोबाइलमा नम्बर थिच्न खोजें तर रहिन। अचानक आँखाअगाडि रोहनको अनुहार आयो– उफ । म रोहनकी श्रीमती पो त, अनि काजीसाबकी बुहारी । मेरो मुटु थरर्र भयो । म छिटो छिटो कपडा फेरेर भान्छातिर लागे। भान्छामा काम गर्दा पनि मेरो मन त्यसै प्रफुल्लित थियो । स्मृतिमा कता कता पवनले लेखेको प्रेमपत्र झल्कियो । १४–१५ वर्षको उमेरमा पवनले लेखेको पहिलो प्रेमपत्र थियो यो। स्मृतिका डोबहरूमा छापिएका केही दृश्यहरू धमिलो छायाजस्तै प्रकट भए । म त्यो साँझ एक्लै मुस्कुराइरहे ।
ममा आएको परिवर्तन रोहनलाई यादै भएन । मेरो खुसी र दुखका भावनाहरू कहिले पो बुझेको छ र रोहनले । बाना पाक्यो, खायौ । रोहन टेलिभिजन हेर्न बस्यो । म ओछ्यानमा पल्टिएर जीवन कल्पिन थाले । मैले जीवन सम्झै । रोहनसँगको दाम्पत्य गम्भीर भएर पर्गेल्न धाले । अप्ठ्यारो भूमरीमा खसेजस्तो लाग्यो आफ्नो जीवन, उजाड मरुभूमिमा पानीको तृष्णाले तड्पिरहेको मृगजस्तो । मेरो श्वास केराइको गतिमा चित्कार थियो– जीवन किन यति अप्ठ्यारो हैं ? रोहनसँगको मेरो जीवन खुला कारागार हो । सबै खुला थियो तर मानसिक रूपमा बन्दी थिएँ म । मूल्यवान् मखमली बिछौनामा सुतेर पनि म बगरमा छटपटाइरहेको माछोझै थिएँ । राति रोहन आयो । म मस्त निदाएझै अभिनय गर्दै चुपचाप सुतिरहे ।
पवनको सम्झनामा हराइरहेकी म आज सिर्फ उसैकी हुन बाहन्थे – मेरो सुन्दर शरीर पवनबाहेक कसैले नछोओस् । म आफ्नो पदनकै लागि यो सुन्दर काया समालेर राखेँ । पवनले बाँधोस् आफ्नो ऐनाअगाडि उभिएर हेर्दा आफूलाई साँच्चै सुन्दर देखे बिचको कोमल गुलाफजस्तो । सुन्दर महलमा बस्ने राजकुमारी । वर्गकी परी । मैले आफूलाई हेरिरहे । मोबाइल हातमा लिएर फोन लाग्यो । उच्च उत्साहले मोबाइलमा नम्बर थिच्न खोजें तर रहिन। अचानक आँखाअगाडि रोहनको अनुहार आयो– उफ । म रोहनकी श्रीमती पो त, अनि काजीसाबकी बुहारी । मेरो मुटु थरर्र भयो । म छिटो छिटो कपडा फेरेर भान्छातिर लागे। भान्छामा काम गर्दा पनि मेरो मन त्यसै प्रफुल्लित थियो । स्मृतिमा कता कता पवनले लेखेको प्रेमपत्र झल्कियो । १४–१५ वर्षको उमेरमा पवनले लेखेको पहिलो प्रेमपत्र थियो यो। स्मृतिका डोबहरूमा छापिएका केही दृश्यहरू धमिलो छायाजस्तै प्रकट भए । म त्यो साँझ एक्लै मुस्कुराइरहे । ममा आएको परिवर्तन रोहनलाई यादै भएन । मेरो खुसी र दुखका भावनाहरू कहिले पो बुझेको छ र रोहनले । बाना पाक्यो, खायौ । रोहन टेलिभिजन हेर्न बस्यो । म ओछ्यानमा पल्टिएर जीवन कल्पिन थाले । मैले जीवन सम्झै ।
रोहनसँगको दाम्पत्य गम्भीर भएर पर्गेल्न धाले । अप्ठ्यारो भूमरीमा खसेजस्तो लाग्यो आफ्नो जीवन, उजाड मरुभूमिमा पानीको तृष्णाले तड्पिरहेको मृगजस्तो । मेरो श्वास केराइको गतिमा चित्कार थियो– जीवन किन यति अप्ठ्यारो हैं ? रोहनसँगको मेरो जीवन खुला कारागार हो । सबै खुला थियो तर मानसिक रूपमा बन्दी थिएँ म । मूल्यवान् मखमली बिछौनामा सुतेर पनि म बगरमा छटपटाइरहेको माछोझै थिएँ । राति रोहन आयो । म मस्त निदाएझै अभिनय गर्दै चुपचाप सुतिरहे । पवनको सम्झनामा हराइरहेकी म आज सिर्फ उसैकी हुन बाहन्थे – मेरो सुन्दर शरीर पवनबाहेक कसैले नछोओस् । म आफ्नो पदनकै लागि यो सुन्दर काया समालेर राखेँ । पवनले बाँधोस् आफ्नो बलियो अँगालोमा र मलाई अथाह माया गरोस् । आफ्ना कोमल ओठहरूले मेरो निधार चुमोस् हजारौ हजार पटक ।
मेरो मन चिच्याइरहयो । रोहनका हातहरू मेरो निधारमा झरेका कपाल माथि सार्दै गाला, ओठहरू हुँदै पूरै शरीरमा सलबलाउन थाले । म पवनकी प्रेमिका बनेर आँसु नकारी रोएँ । ओठहरू खुलेनन् निःशब्द ’नाई नाई भनिरहे। हात चलेनन् तर प्रतिकार गर्न खोजिरहे। आँखा खुलेनन् तर मनभित्रबाट तिरस्कार गरिरहे । म चुपचाप हजार बिलौना गरेर रोइरहे । रोहनले आफ्नो तृष्णा शान्त पान्यो । लोग्ने हुनुको अधिकार जमायो र कोल्टे फर्किएर मस्त निदायो । जिउँदो लास बनेकी म चुपचाप लुटिएपछि पुकारा गरे– पवन हेर, तिम्री मायालु यहाँ हरेक रात लुटिन्छे । कसैले छुन पनि नसक्ने गरी मलाई तिम्रो बलियो अँगालोमा बाँधेर राख न । तिम्री रियालाई सुरक्षा देऊ । छिटो आउ र आफ्नी रियालाई सधैका लागि आफूसँगै लैजाऊ मेरो प्यारो पवन !









